Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मधेसका मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव : नेता सिंह – Gaule Khabar

मधेसका मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव : नेता सिंह

मधेसका मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव  : नेता सिंह

काठमाडौँ,माघ १५ –

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसका जायज मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव आएको बताउनुभएको छ ।

नेपाली काँग्रेस नागार्जुन नगर समितिले आज यहाँ आयोजना गरेको ‘क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रम’मा नेता सिंहले मधेसी दलका जायज मागलाई सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव आएकाले सबै दल मिल्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले संविधान संशोधन गरेर तीन तहको निर्वाचन नगरे अहिलेसम्म भएका उपलब्धि गुम्ने हुँदा चाँडो निर्वाचनको मिति तोकेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “काँग्रेस, एमाले र ९माओवादी केन्द्र०को सहमतिमा संविधान निर्माण भएको हो यिनै दलको सहमतिमा संशोधन गरेर अगाडि बढौँ ।”

नेता सिंहले काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको मुख्य जिम्मेवार काँग्रेसकै काँधमा आएको भन्दै राष्ट्र जोगाउनका लागि नेपाली काँग्रेस जस्तोसुकै भूमिका खेल्न तयार रहेको स्पष्ट पार्नुभयो ।

सांसद राज्यलक्ष्मी श्रेष्ठले मुलुकलाई जोगाउनका लागि सबै दलको उत्तिकै जिम्मेबारी रहेकाले वार्ता र छलफलबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले संविधान संशोधनमार्फत तीन तहको निर्वाचन गरेर मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि लैजानुपर्ने बताउनुभयो ।

समितिका अध्यक्ष केदार मानन्धरले सबै सदस्यलाई पार्टीको नीति तथा कार्यक्रमको बारेमा जानकारी दिन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका