राष्ट्रपति रनिङ शिल्डको ट्रफी जानकी माविले चुम्यो

राष्ट्रपति रनिङ शिल्डको ट्रफी जानकी माविले चुम्यो

चितवन, माघ १३–

लगातार तीन पटक रनिङ शिल्डको उपाधी जित्दै जानकी मावि मेघौलीले राष्ट्रपति रनिङ शिल्डको ट्रफी चुमेको छ ।
विहीबार सम्पन्न नवौ राष्ट्रपति रनिङ शिल्ड अन्र्तगत जिल्ला स्तरीय उपाधी जित्दै जानकी माविले ट्रफी आफ्नो विद्यालयमा भित्र्याउन सफल भयो । प्रतियोगितामा हिमालय मावि टिम द्धितिय हुँदा वीरेन्द्र आर्दश माध्यमिक विद्यालय तेश्रो भयो । टिम प्रथम भई उपाधी जितेको जानकी माविले नगद ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्यो । टिम द्धितिय भएको हिमालय माविले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझायो ।
राष्ट्रिय खेलकुद परिषदले दिने पुरस्कार बाहेक आयोजक जिल्ला खेलकुद विकास समिति चितवनले पनि प्रथम, द्धितिय र तृतिय हुने टिमलाई नगदले पुरस्कृत गर्यो । समितिले प्रथम हुनेलाई नगद १५ हजार रुपैयाँ, द्धितियलाई नगद १२ हजार रुपैयाँ र तृतियलाई नगद ९ हजार रुपैयाँ प्रदान गरेको जिल्ला खेलकुद विकास समिति चितवनका सचिव रामजी ढकालले जानकारी दिए ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक स्थानिय विकास अधिकारी श्रवणकुमार पोखरेल र जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल तामाङले विजयी टिम र विद्यार्थीलाई नगद र ट्रफी प्रदान गरे । अब टिम प्रथम र द्धितिय हुने टिमले विकास क्षेत्रस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । प्रतियोगिताका प्रायः सबै खेलहरुमा जानकी माविले दवाब राख्यो । एथलेटिक्सका प्राय सबै खेलमा जानकी माविनै हावी भयो भने भलिवलको छात्रामा जानकी मावि प्रथम भयो । छात्रा तर्फको फाईनलमा जानकी माविले भीमनगर माविलाई पराजित गर्यो । छात्र भलिवलमा भने व्रह्मनगर मावि प्रथम तथा भीमनगर मावि द्धितिय भयो ।
प्रतियोगिता अन्र्तगत भएको छात्र लङजम्पमा जानकी माविका भुवन महतो प्रथम भए भने वीरेन्द्र आर्दश माविका विज्ञान चौधरी द्धितिय भए । छात्रा लङपम्पमा जानकी माविकी सन्जु कुमाल प्रथम तथा जनजागृती माविकी मनिषा लामिछाने द्धितिय भएकी एथलेटिक्स प्रशिक्षक कान्ती महतोले जानकारी दिईन् । सटपुट छात्रमा वीरेन्द्र आर्दश माविका सुनिल तामाङ प्रथम, हिमालय माविका जीतबहादुर थापा द्धितिय भए । छात्रा सटपुटमा जानकी माविकी कृष्टि महतो प्रथम हुँदा गवै माविकी देवमाया थापा द्धितिय भएकी एथलेटिक्स प्रशिक्षक महतोले बताईन् ।
यसैगरी ट्रिपलजम्पमा पनि जानकी मावि हावी भयो । छात्र तर्फ जानकी माविका भुवन महतो प्रथम भए भने जानकी माविकै किसन महतोले द्धितिय स्थान हासिल गरे । छात्रा ट्रिपलजम्पमा जानकी माविकी भावना महतो प्रथम तथा प्याराडाईज एकाडेमीकी सेजिना लामिछाने द्धितिय भईन् । प्रतियोगिता अन्र्तगत ज्यावलिन थ्रोमा छात्र तर्फ कपिया माविका विशाल लामा प्रथम तथा साझापुर माविका यमनारायण महतो द्धितिय भएको आयोजक जिल्ला खेलकुद विकास समिति चितवनका कोषाध्यक्ष केशव आचार्यले जानकारी दिए । छात्रा ज्यावलिन थ्रोमा जानकी माविकी कृष्टि महतो प्रथम, प्रभात माविकी आशा महतो द्धितिय भईन् । हाईजम्पमा छात्र तर्फ माडी माविका अजित दराई प्रथम, जानकी माविका पिताम्वर महतो द्धितिय भएका समितिका कोषाध्यक्ष आचार्यले जानकारी दिए । छात्रा हाईजम्पमा गवै माविकी रेश्मा चौधरी प्रथम तथा जानकी माविकी सलमा महतोले द्धितिय स्थान हासिल गरिन् ।
प्रतियोगितामा भएको विभिन्न दुरीको दौड स्पर्धामा जानकी माविकै बर्चश्व रह्यो । दौडका प्रायः सबै प्रतिस्पर्धामा जानकी माविका छात्र छात्राले प्रथम, द्धितिय हासिल गरे । कवड्डी प्रतियोगितामा भने छात्र तर्फ गोल्डेन फ्युचर प्रथम हुँदा भीमोदय मावि द्धितिय भयो । छात्रा तर्फ साझापुर मावि प्रथम र प्याराडाईज मावि द्धितिय भए । चितवनका पाँच क्षेत्रबाट छनौट भई गएका विद्यालय र विद्यार्थीहरुले जिल्ला स्तरीय प्रतियोगितामा सहभागीता जनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका