Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सवारीसाधनबाट ट्राफिक जनचेतना – Gaule Khabar

सवारीसाधनबाट ट्राफिक जनचेतना

सवारीसाधनबाट ट्राफिक जनचेतना

काठमाडौँ,माघ १३ –

सडक सुरक्षालाई थप प्रभावकारी बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्र्वसाधारणलाई सवारीसाधनबाट जनचेतना दिने भएको छ ।
ओबल इन्टरनेसनल प्रालिको सहयोगमा महाशाखाले सवारीसाधनमार्फत जनचेतना दिन लागेको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले ट्राफिक जनचेतनाका अभावले बर्सेनि हजारौँ मानिसको ज्यान जाने गरेकाले यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसले सवारी प्रयोगकर्ता र सर्वसाधारणलाई जनचेतना दिने हुँदा यो सेवा प्रभावकारी हुन्छ ।” उहाँका अनुसार ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउनका लागि महानगरपालिकाको सहयोगमा ३१ स्थानमा ट्राफिक बत्ती जडान गरिने छ ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले हाम्रो शिक्षामा ट्राफिक जनचेतनासम्बन्धी कुरा समेट्न बाँकी रहेको बताउँदै नसमेटिएका अवस्थामा यस्ता कार्यक्रमले ट्राफिक जनचेतनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
महाशाखाले जहाँ मानिस जम्मा हुन्छन् त्यस्ता ठाउँमा ट्राफिक जनचेतनासम्बन्धी सेवा प्रदान गर्ने छ । महाशाखाले सेवा दिन आवश्यक परेको क्षेत्रको अध्ययन गरी दैनिक भिन्दाभिन्दै ठाउँमा सो सेवा सञ्चालन गर्ने बताएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका