Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रर्इस : शाहरुखको पृथक भूमिका – Gaule Khabar

रर्इस : शाहरुखको पृथक भूमिका

रर्इस : शाहरुखको पृथक भूमिका

माघ १३ –

‘डर’ र ‘बाजीगर’ जस्ता चलचित्रमा तपाईँले शाहरुख खानले रोमान्टिक भूमिकाभन्दा फरक तरिकाको चरित्र निर्वाह गरेको देख्नु भएको होला । एकपटक पुनः शाहरुखले ‘रईस’ मा पृथक भूमिका निर्वाह गर्ने प्रयास गरेका छन् । भाष्कर डटकमले चलचित्रको समीक्षा गरेको छ । यो समीक्षा चलचित्रको कथा, निर्देशन, गीतसंगीत र अभिनयको प्रस्तुतीकरणको आधारमा छ ।

हेरौँ यस्तो छ चलचित्र रईसः

क्रिटिक रेटिङः ३÷५
स्टारकास्टः शाहरुख खान, माहिरा खान, नवाजुद्दीन सिद्दिकी, मोहम्मद जिशान अयुब
निर्देशकः राहुल ढोलकिया
निर्माताः एक्सेल इन्टरटेन्मेन्ट, रेड चिल्लिज
संगीतः राम सम्पत
जनरः एक्शन क्राइम थ्रिलर
कथा
यो कथा ८० को दशकको सेरोफेरोलाई लिएर भारतस्थित गुजरातमा आधारित चलचित्र हो । जहाँ आफ्नी आमा -शिबा चड्ढा_ सँग रईस -शाहरुख खान_ बस्ने गर्दछन् । घरको पारिवारिक अवस्था दयनीय भएका कारण विद्यालयसमयदेखि नै रईसको दिमाग व्यावसायतर्फ आकर्षित भएको हुन्छ । उनी स्थानीय रक्सी बिक्री गर्ने र अंग्रेजी रक्सीको पसलमा काम गर्ने हुन्छन् ।

तर, एक समय रईस आफ्नै व्यावसाय गर्न चाहन्छन् ।
यसै कारण उनलाई केही रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । आफ्नै व्यवसाय खोलेपछि त्यहाँका एसपी मजुमदार -नवाजुद्दीन सिद्दिकी_ रईसको पछि लाग्छन् । जो एकदमै कडा स्वभावको प्रहरी हुन्छन् । तर, रईसको धन्दा रोक्न हजारौँ कोशिश गर्दा पनि मजुमदार उनलाई फन्दामा पार्न सक्दैनन् ।
यसपछि कथामा ‘ट्वीस्ट टन्र्स’ आउँछ । चुनाव, दंगा, बमब्लास्टलगायतको छुट्टाछुट्टै घटना देखाइन्छ र चलचित्र निश्चित विन्दूमा पुग्छ ।

निर्देशन
चलचित्रको निर्देशन राम्रो छ । साथै केयु मोहनन्को सिनेमेटोग्राफी गज्जबको छ । चलचित्रको ब्याकग्राउन्ड धेरै राम्रो बनाइएको छ । जसका कारण ८० को दशकको माहौल पूरै चलचित्रसम्म रहिरहन्छ । चलचित्रको सम्वाद पनि राम्रो छ ।

चलचित्रको कथा इन्टरभलपछि धेरैहदसम्म तन्काइएको देखिन्छ । जसमाथि धेरै काम गर्न सकिन्थ्यो । साथै चलचित्रमा गीतको उपस्थिति त छ । तर, त्यसबाट चलचित्रको गतिमा धेरै असर पर्छ ।

मात्र सनी लियोनीमाथि खिचिएको गीतमात्रै कथासँग सटिक रुपमा रहेको देखिन्छ । चलचित्रको सेकेन्ड हाफलाई अझ रोचक बनाउन सकिन्थ्यो । माहिरा खान एक प्रकारले चलचित्रका लागि ‘मिस कास्ट’ भएजस्तो देखिन्छिन् । उनको उपस्थितिले चलचित्रको रोमान्स धेरै हदसम्म निराशाजनक रहन्छ ।

स्टारकास्ट परफर्मेन्स
चलचित्रमा शाहरुख खान, नवाजुद्दीन सिद्दिकीको काम धेरै राम्रो छ । दुईको बीचमा डाइलगको आदानप्रदान पनि धेरै मजाको छ । अभिनयलाई हेर्दा नवाजुद्दीनको लेखेर लिने स्टाइल र शाहरुखको डाइलग बोल्ने स्टाइल गज्जबको छ ।

मोहम्मद जिशान, अयुब, अतुल कुलकर्णी, र बाँकी कलाकारको काम पनि सहज छ । माहिरा खानलाई चलचित्रमा अत्यन्तै राम्रो अवसर मिलेको थियो । तर, उनले यसलाई राम्रो तरिकाले सदुपयोग गर्न सकिनन् ।

चलचित्रको संगीत
चलचित्रको ब्याकग्राउन्ड स्कोर राम्रो छ । तर, गीतमा मात्रै ‘लैला मैं लैला’ कथामा न्यायसंगत छ ।

हेर्ने या नहेर्ने
यदि तपाईँ शाह रुख खान र नवाजुद्दीन सिद्दीकीको फ्यान, प्रशंसक हुनुहुन्छ भने एकपट अवश्य हेर्नुहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका