Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पूर्व राजा वीरेन्द्र र परिवारजनको नाममा भेटियो दश कट्ठा जग्गा – Gaule Khabar

पूर्व राजा वीरेन्द्र र परिवारजनको नाममा भेटियो दश कट्ठा जग्गा

पूर्व राजा वीरेन्द्र र परिवारजनको नाममा भेटियो दश कट्ठा जग्गा

काठमाडौँ, माघ १३-

पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको हो ।

ट्रस्टका सहसचिव लेखबहादुर कार्कीले पूर्वराजपरिवारको नाममा रहेको उक्त जग्गा कात्तिकमा फेला पारिएको भए पनि ट्रस्टको सञ्चालक समितिको बैठक बस्न नसक्दा ट्रस्टको नाममा ल्याउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चाँडै नै सञ्चालक समितिको बैठक बसेर मन्त्रिपरिषद्मा पठाउँछौँ । मन्त्रिपरिषद्ले पारित गरेपछि उक्त जग्गा ट्रस्टको नाममा आउँछ ।” उहाँले अरू स्थानमा रहेको जग्गाको पनि खोजी भइरहेको जानकारी दिनुभयो ।

ट्रस्टले पूर्वराजा र उनका परिवारजनको नाममा रहेको जग्गामध्ये हालसम्म २३ हजार रोपनी फेला पारिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका