चितवन, माघ १२ –
स्थानिय शान्ति समिति चितवनले आर्थिक बर्ष ०७३÷०७४का लागी मन्त्रालयबाट स्वीकृति भएर आएका कार्यक्रमहरुलाइ प्राथामिकताका साथ अगाडी बडाउने भएको छ । यस कार्यक्रम अन्र्तगत स्थानिय शान्ति समिति र सरोकारवालाहरुको क्षमता विकास कार्यक्रमका साथै शान्ति प्रवद्र्धन मध्यस्थता ,मेलमिलाप तथा द्धन्द्ध व्यवस्थापन ,गर्त वर्षमा सम्पन्न गरिएका कार्यक्रम र गतिविधीहरुका आधारमा उत्कृष्ट एक नगर समिति र एक गाविस स्तरिय शान्ति समितिलाई पुरस्कृत गर्ने,सो कार्यक्रमका लागी ४ बुदे छनौट विधि समेत तय गरेको छ । समितिको आज बसेको बैठकले सो विधी तय गरेको हो । स्मारिका प्रकाशनका लागि सम्पादन मञ्डल समेत चयन गरेको छ । बालकृष्ण पौडेलको सँयोजकत्वमा ७ सदस्यी मण्डल चयन गरेको समितिका कार्यालय सचिव लक्ष्मि गौत्तम पौडेलले बताउनु भयो ।
यस्तै यस चालु आर्थिक वर्षमा समितिले द्धन्द्ध पिडित परिवारका लागि सिप विकास कार्यक्रम, मन्त्रालयबाट संञ्चालन भएका कार्यक्रमहरुको अनुगमन गर्ने लगाएतका कार्यक्रमहरु संञ्चालन गर्ने भएको छ । समितिको केहि दिन अघि वसेको बैठकले तय गरेको सम्मान कार्यक्रमका लागी फागुनको पहिलो साता कार्यक्रम सम्पन्न गर्ने गरि कामलाइ अगाडी बढाइएको स्थानिय शान्ति समिति चितवनका सँयोजक पुष्पकमल सुवेदीले जानकारी दिनु भयो ।