Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेकपा (एमाले)द्वारा ५५ जनालाई सम्मान – Gaule Khabar

नेकपा (एमाले)द्वारा ५५ जनालाई सम्मान

नेकपा (एमाले)द्वारा ५५ जनालाई सम्मान

बेनी (म्याग्दी),माघ १२ –

विगत १८ वर्षदेखि युवा वैज्ञानिक भवीन्द्र कुँवरले थालेको खोज, अध्ययन अनुसन्धान, परीक्षण र विश्लेषणबाट ‘दुर्यान्तर’ नामक भौतिक शास्त्रीय परिमाण प्रमाणित गर्नुभएको छ ।

विगत पाँच वर्षदेखि भौतिकशास्त्र पुनर्निर्माण अभियान र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको सहयोगमा हुँदै आएका फरकफरक स्थलमा गरिएका विभिन्न चरणका परीक्षण र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको रिसर्च सेक्सनमा १२ दिन लगाएर गरिएको पछिल्लो पुनः जाँचपछि उक्त परिमाणको अस्तित्व पूर्णतः प्रमाणित भएको हो ।

म्याग्दीको बेनी नगरपालिका–३ फापरखेतमा जन्मिनुभएका कुँवरले विगत २५ वर्षदेखि भौतिक विज्ञानमा परीक्षण गर्दै आएपनि नितान्त नवीन र उपयोगी उक्त भौतिकशास्त्रीय परिमाणको अस्तित्वसम्बन्धी खोज र अनुसन्धान भने विगत १८ वर्षदेखि गर्दै आउनुभएको थियो ।

भौतिक विज्ञानमा ‘दुर्यान्तर’ नामक एक परिमाणले युगौँदेखि भूमिका निर्वाह गर्दै आएको तर उक्त परिमाण र त्यसको भूमिकाको पहिचान हुन छुटेको निष्कर्ष नेपालमा सम्पन्न भएको उक्त परीक्षण र सम्बन्धित अनुसन्धानबाट निकालिएको थियो । वर्षौंदेखि बारम्बार प्रदर्शन गरिँदै आएका केही परीक्षण र ‘एसएटिएम–१’ सुत्रको सहायताले गरिएका पछिल्ला आखिरी जाँच तथा पछिल्ला समयमा गरिएका पुनः जाँचको निष्कर्षपछि उक्त भौतिक शास्त्रीय परिमाणको अस्तित्व प्रमाणित भएको भौतिकशास्त्र पुनर्निर्माण अभियानका केन्द्रीय अध्यक्षसमेत रहनुभएका कुँवरले जानकारी दिनुभयो ।

कुँवरका अनुसार ‘दुर्यान्तर’ कुनै यन्त्र उपकरणको आविष्कार होइन, तर नवीन र उपयोगी भौतिक शास्त्रीय परिमाण भने अवश्य हो । यसलाई एउटा नितान्त नयाँ खोज वा ‘पहिल्याई’ भनेर बुझ्न सकिन्छ । यसको उपयोगिता भौतिक विज्ञान र गणितका क्षेत्रमा बढी हुन्छ । यस परिमाणको सहायताले बढ्दो गतिको पिन्डको कुनै एक विन्दुबाट अर्को विन्दु सम्मको अनुमानित दूरी पत्ता लगाउन र शक्ति र समयका बारेमा अग्रिम भविष्यवाणी गर्न सकिन्छ । इटालीका बैज्ञानिक ‘सुव्रत’को मान्यताका आधारका रुपमा पनि यस परिमाणले अभिन्न र अपरिहार्य भूमिका निर्वाह गर्दछ, खोजकर्ता भवीन्द्र कुँवरले जानकारी गराउनुभयो ।

कुँवरका अनुसार, ‘दुर्यान्तर’ अन्तर तहमा रहेर सधैँ भूमिका निर्वाह गर्दै आएको तर पत्ता नलागेको एउटा भौतिक शास्त्रीय परिमाण थियो । भौतिक शास्त्रको इतिहास, पाठ्यपुस्तक र प्रयोगमा यसलाई कतै पनि वर्णन, विश्लेषण र अनुप्रयोग गरिएको पाइँदैन । तर उक्त परिमाण लगानी भएको बलसँग अनुक्रमानुपातिक सम्बन्ध राख्ने गरेको पाइयो । दुर्यान्तरको मात्रा र सङ्ख्याले पिन्ड जसरी नै बल वा शक्तिसँग अनुक्रमानुपातिक वा समानुपातिक सम्बन्ध राख्ने र समयान्तरालको मात्राले बलसँग व्युत्क्रमानुपातिक सम्बन्ध राख्ने कुरा ‘एसएटिएम–१’ को सहाराबाट उक्त परिमाणको जाँच गर्दा देखिन गएको हो ।

‘दुर्यान्तर’ पत्ता लागेपछि भौतिकशास्त्रमा बढ्दो गतिमा रहेको कुनै वस्तुको गन्तव्य, सम्बन्धित अवधि, गन्तव्यको विन्दुमा रहने आखिरी गति आदि परिमाणको पूर्वानुमान वा भविष्यवाणी ठ्याक्कै मिल्नेछ । जबकि हालसम्मका संसारभरि प्रचलित कुनै पनि भौतिक शास्त्रीय सूत्र तथा नियमले यी कुराको पूर्वानुमानको सही भविष्यवाणी गर्न सकेका छैनन्, भौतिकशास्त्र पुनर्निर्माण अभियानको पेजमा उल्लेख छ ।

आइज्याक न्युटनले स्याउ खसेको धेरै समयपछि उक्त आकर्षण बललाई ‘गुरुत्वाकर्षण बल’ भनी नाम दिए झैँ ‘दुर्यान्तर’का विषयमा अर्थपूर्ण नाम नजानेरै भए पनि विगत १८ वर्षदेखि चासो रहेको र केही समयपछि मात्र यसको नाम दिइएको कुँवरले जानकारी दिनुभयो । यस क्रममा पुस्तकालय, पाठ्यपुस्तक, अनुसन्धानपत्र, इन्टरनेट आदिको प्रयोग गरी खोजी र अनुसन्धान गर्ने कार्य भएको कुँवरले बताउनुभयो ।

भौतिकशास्त्र पुनर्निर्माण अभियानका केन्द्रीय अध्यक्षसमेत रहेका कुँवर हाल काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सका प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ । विगत केही वर्षदेखि भौतिकशास्त्र पुनर्निर्माण अभियानका परीक्षणमूलक क्रियाकलाप नेपालका विभिन्न जिल्लामा सञ्चालन हुँदै आएका छन् ।

हालै उक्त अभियानमूलक संस्थाको जापान सञ्जालसमेत गठन भएको छ । कुँवरले केही वर्षअघि नेपालका केही विश्वविद्यालय र कलेजका प्रयोगशाला तथा अनुसन्धान केन्द्रमा ‘कुनै वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको तौल उक्त वस्तुले अनुभव गर्ने ऊध्र्वचापभन्दा घटी वा बढी हुन्छ’ भन्ने नयाँ तथ्यसमेत प्रमाणित गर्नुभएको थियो । पछिल्लो समयमा प्रकाशित कुँवरको ‘सुवातदेखि सुव्रतसम्म’ र ‘सुव्रतका केही प्रभावहरु’ दुई अनुसन्धानात्मक लेखले भौतिकशास्त्रीलाई रोचक समाधान दिएका थिए भने अर्कातिर कुँवरलाई नै ‘दुर्यान्तर’को अस्तित्वलाई पुनः परीक्षण गर्न प्रेरित गरेका थिए ।

‘दुर्यान्तर’का खोजकर्ता कुँवरले सर्वप्रथम विसं २०४७ सालमा हावाबाट चल्ने यन्त्रको एउटा रोचक संरचना निर्माण गरेपछि भौतिक विज्ञानतर्फ रुचि बढाउँदै आउनुभएको थियो । कुँवरले ‘दुर्यान्तर’ नामक भौतिक शास्त्रीय परिमाणको खोजी भने विगत १८ वर्षपहिले देखि गर्दै आएको जानकारी दिनुभयो ।

“यो खोज कुनै प्रचलित सिद्धान्त वा नियमप्रतिको असहमति वा विमतिको कुरा होइन, आफैँमा स्वतन्त्र र नितान्त मानव उपयोगी भौतिक शास्त्रीय परिमाणको नवीनतम् उपलब्धि हो”, कुँवरले भन्नुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका