Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पर्यटकको मन लोभ्याउँदै हसिना सिमसार – Gaule Khabar

पर्यटकको मन लोभ्याउँदै हसिना सिमसार

पर्यटकको मन लोभ्याउँदै हसिना सिमसार

पथरी (मोरङ),माघ १२ –

उत्तरी मोरङको सुन्दर दुलारी नगरपालिका–५ स्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास भइरहेको छ ।

मोरङको सुन्दरदुलारीस्थित महेन्द्र राजमार्गमा पर्ने बाँसबारी चोकबाट करिब पाँच किलोमिटर उत्तर लागेपछि सो स्थानमा पुग्न सकिन्छ । सो सिमसार क्षेत्र करिब ७५ बिघा क्षेत्रफलमा फैलिएको छ । बहुसङ्ख्यक देवीदेवताका मन्दिर, विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु, र पशुपन्छीको बासस्थानसमेत रहेको सो क्षेत्र पर्यटकीय क्षेत्र मात्र नभै वनभोज, अध्ययन–अनुसन्धान र अवलोकनका लागिसमेत उत्तिकै उपयोगी रहेको छ ।

सो क्षेत्रमा नेपाल पर्यटन बोर्ड र जिविस मोरङले पनि बजेट उपलब्ध गराएपछि हालसम्म एउटा कलात्मक पानी ट्याङ्की, शान्तिका अग्रदूत बुद्धको जन्मेदेखि मृत्यु सम्मका विभिन्न अवस्था समेटिएको पूर्वाञ्चलकै ठूलो बुद्धको प्रतिमा र सो क्षेत्रको पोखरीमा डुङ्गा सञ्चालन गर्ने तयारी समेत भइरहेको हसिना सिमसार क्षेत्रका पूर्वअध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिनुभयो ।

आकर्षक प्रवेशद्वार, विभिन्न कलात्मक शान्तिको प्रतीक परेवाको प्रतिमा, विश्व मानचित्रको प्रतिमा, बुद्धको प्रतिमा, नागपोखरीमा नागको प्रतिमालगायत निर्माण भइसकेकाले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउने पूर्वअध्यक्ष न्यौपानेको भनाइ छ ।

जिविस, पर्यटन बोर्ड, सुन्दरदुलारी नगरपालिका, स्थानीयवासी लगायतको सहयोगमा सो क्षेत्र यतिखेर एक अनुपम पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको संरक्षण समितिका सदस्य मिलन राईले जानकारी दिनुभयो ।

सुनसरीबाट सो क्षेत्र घुम्नका लागि आउनुभएका सुभाष कोइरालाले केही वर्ष अघिको तुलनामा अहिले हसिना सिमसार क्षेत्र निकै व्यवस्थित बनेको र आगामी दिनमा पनि राज्यले थप लगानी गरी सो पर्यटकीय क्षेत्रको विकासमा सहयोगलाइ निरन्तरता दिनुपर्ने बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका