Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
काठमाडौँ सडक दुर्घटनामा एक मृत्यु – Gaule Khabar

काठमाडौँ सडक दुर्घटनामा एक मृत्यु

काठमाडौँ सडक दुर्घटनामा एक मृत्यु

,माघ १२ –

सोह्रखुट्टेमा आज बिहान भएको २२ वर्षीय श्यामबहादुर प्रधानको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार करिब बिहान २ बजेतिर बा ३ ख ४५७९ नंको टिपर पल्टेर बा १ ज ७८८३ नंको ट्याक्सीलाई च्यापेपछि ट्याक्सी चालक प्रधान गम्भीर घाइते भएका थिए ।

काभ्रे स्थायी घर भएका प्रधानलाई घाइते अवस्थामा प्रहरीले त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगेको र उपचारका क्रममा बिहान सवा ३ बजे मृत्यु भएको महाशाखाले जनाएको छ ।

दुर्घटनामा संलग्न टिपर चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको र टिपर नियन्त्रणमा लिएर बग्गिखानामा राखिएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका