Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा फेसबुकको दुरूपयोग बढ्दो, जिन्दगी नै ‘साइन आउट’ हुने खतरा – Gaule Khabar

चितवनमा फेसबुकको दुरूपयोग बढ्दो, जिन्दगी नै ‘साइन आउट’ हुने खतरा

चितवनमा फेसबुकको दुरूपयोग बढ्दो, जिन्दगी नै ‘साइन आउट’ हुने खतरा

दिपेन्द्र अधिकारी,
चितवन, माघ १२–

चितवनकी एक महिला सांसदले साइबर अपराध भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा न्यायका लागि निवेदन दिएकी छन् । फेसबुकको प्रयोगबाट एक स्टाटसमार्फत आफ्नो प्रतिष्ठामा चोट पुर्याएको भन्दै आफ्नै पार्टी सम्वद्ध एक नेता विरुद्ध उनले जाहेरी दिएकी हुन् ।
१९ वर्षीय एक युवती पनि फेसबुकको दुरूपयोगबाट आजित भएपछि अहिले न्यायका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा धाउँदै छिन् । विदेशमा रहेका युवकले आफ्नो नाम र फोटो राख्ने नक्कली फेसबुक आईडी बनाइ परिवार र आफन्तलाई आफ्नोबारेमा नकारात्मक टीकाटिप्पणी गरेको भन्दै उनी उजुरी लिएर प्रहरीको शरणमा पुगेकी हुन् । अति नै भएपछि उनले आत्महत्या गर्ने सम्मको योजना बनाएको प्रहरीले जनाएको छ ।
२४ वर्षीय एक युवतीको फेसबुक आईडी ह्याक गरी एक युवकले अश्लील फोटो र अभिव्यक्ति दिएपछि ती युवती पनि न्यायका लागि प्रहरीमा धाइरहेकी छन् । फेसबुकको दुरूपयोगको शिकार व्यक्ति मात्र नभएर पछिल्लो समय पार्टी, संघसंस्था पनि हुने गरेका छन् । जिल्लाकै एउटा पार्टीको नाम दिएर फेसबुक आईडी बनाइ युवतीको प्रोफाइल फोटो राखेर राष्ट्रपति, प्रधानमन्त्री, अन्य नेताको समेत मानहानी भएपछि दोषीको खोज गरी कारबाहीका लागि पार्टीको अध्यक्षको नामबाट जिल्ला प्रहरीमा निवेदन परेको छ ।
उल्लेखित घटनाहरु चितवनमा पछिल्लो एक महिनाको अवधिमा परेका फेसबुक दुरूपयोग अर्थात साइबर अपराधसम्बन्धी कानुन आकर्षित गर्ने घटना हुन् । समाजमा पछिल्लो समय विद्युतीय अपराध सम्बन्धी मुद्दा देखिन थालेका छन् । युवा पुस्ता यस्ता घटनामा बढी मुछिने गरेका छन् ।
फेसबुकको प्रयोग व्यापक भएसँगै यसको दुरूपयोग पनि बढेको छ । फेसबुकमार्फत हुने नकारात्मक घटनाले व्यक्तिको जीवन नै लिइरहेको छ । त्यस्तै कतिपयको सामाजिक, राजनीतिक प्रतिष्ठामा दूरगामी असर पु¥याइरहेको छ । ‘पछिल्लो समय विद्युतीय अपराध बढिरहेको छ, यसले थप चुनौती पनि दिएको छ, तर दोषीलाई पक्राउ गरी कारबाही गर्न हामी निरन्तर अनुसन्धनात्मक काममा लागिरहेका छौं,’ चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले भने । साथै उनले फेसबुकलगायतका सामाजिक सञ्जालको प्रयोग गर्दा अत्यधिक सावधानी अपनाउन पनि सबैलाई आग्रह गरेका छन् ।
इन्टरनेटको विकास र पहुँचले सकारात्मक सोच भएकाहरुलाई राम्रो परिणाम दिए पनि नकारात्मक सोच भएकाहरुले भने यसको दुरूपयोग गर्दा समाजमा अपराध मौलाइरहेको छ । विद्युतीयस्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्न कानुनले निषेध गरेको छ । विद्युतीय ऐन २०६३ का अनुसार कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन गर्न निषेध गरिएको छ ।
प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने कानुनमा उल्लेख छ । त्यस्तै गल्ती पटक पटक गरेमा त्यस्तो कसुर वापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुने कानुनी प्रावधान रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका