Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
झापाको चारवटा विद्यालयलाई सहयोग हस्तान्तरण – Gaule Khabar

झापाको चारवटा विद्यालयलाई सहयोग हस्तान्तरण

झापाको चारवटा विद्यालयलाई सहयोग हस्तान्तरण

दमक,माघ ९ –

झापाको दमक–१० स्थित न्यू होराइजन होस्टेलले जिल्लाका चारवटा विद्यालयका विपन्न विद्यार्थीलाई रु ५० हजार सहयोग प्रदान गरेको छ ।

होराइजनले आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा गरिब, असहाय र जेहेन्दार विद्यार्थीको अध्ययनका लागि उक्त सहयोग गरेको हो ।

होस्टेलको अगुवाइमा हालै अति विपन्न, बिरामी र असहाय विद्यार्थीको घर र विद्यालयमा पुगी स्थलगत अध्ययन गरेर छनोट गरिएका विद्यार्थीको शैक्षिक निरन्तरताका लागि सो सहयोग हस्तान्तरण गरिएको होस्टलका संस्थापक तथा निर्देशक अजितलाल दासले बताउनुभयो ।

यसरी सहयोग प्राप्त गर्ने विद्यार्थीमा शिवसताक्षी भानु मावि कक्षा ११ मा अध्ययनरत गङ्गा घिमिरे, आदर्श मावि कोरोबारीमा कक्षा ८ मा अध्ययनरत लखिमुनी किस्कु, दमक–१३ स्थित पशुपति संस्कृत माविमा कक्षा ६ मा अध्ययनरत विर्सिखा केरुङ ९लिम्बू० र दमक–१० स्थित मेची बोर्डिङ स्कुलमा अध्ययनरत रीमा राई रहनुभएको छ ।

उच्च मावि तहमा अध्ययनरत भएकाले घिमिरेलाई भने रु १४ हजार र अन्य तीनजनालाई रु १२ हजारका दरले सहयोग प्रदान गरिएको हो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका