Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाल क्यान्सर अस्पताल खजुराको अध्यक्षमा पुनः किस्मत कुमार कक्षपति निर्वाचित – Gaule Khabar

नेपाल क्यान्सर अस्पताल खजुराको अध्यक्षमा पुनः किस्मत कुमार कक्षपति निर्वाचित

नेपाल क्यान्सर अस्पताल खजुराको अध्यक्षमा पुनः किस्मत कुमार कक्षपति निर्वाचित

नेपालगन्ज,माघ ८-

श्री परोपकार मिशनद्धारा प्रस्तावित नेपाल क्यान्सर अस्पताल सेनापुर बाँकेको १० औं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार खजुरामा आयोजित बिशेष समारोहकाबीच सभाषद दलबहादुर सुनार, दिनेशचन्द्र यादव, आशा बिकले संयुक्तरुपमा साधारणसभाको उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रमा बोल्दै नेकपा एमालेका नेता एवं सभाषद दलबहादुर सुनारले नेपाल क्यान्स अस्पताल प्रदेश नम्बर ५ को नमुना अस्पताल हुने बताए ।

उनले भने,–‘यसलाई पूर्णरुपमा सन्चालन गर्नका लागी हामी सबै हातेमालो गरेर अघि बढौ ।’ सभाषद सुनारले अस्पताल निर्माणका लागी आफुले सक्दो सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

सभाषदद्धय दिनेशचन्द्र यादव, आशा बिकले जनप्रतिनिधिहरुले गर्न सक्ने सहयोगका लागी आफु संधै तयार रहेको बताए । बांकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले जिल्ला विकास समितिले अस्पताल निर्माणदेखि नै सहयोग गर्दै आएको र फेरी पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष किस्मतकुमार कक्षपतिले अस्पताल निर्माणमा सामान्य देखि धनाड्य परिवारले सहयोग गरेको बताउदै त्यो योगदानको अबमुल्यन हुन नदिने बताए ।

कक्षपतिले भने,–‘पैसा हुनेदेखि सांझ छाक टार्न नसक्नेले समेत सहयोग गर्नुभएको छ । तपाईहरुको योगदान खेर जान दिदैनौ ।’ अध्यक्ष कक्षपतिले अस्पतालको भौतिक निर्माणको केही काम सकिएको र केही काम बांकी रहेको बताउदै पूर्णरुपमा सन्चालन आउनका लागी अझै तीन बर्ष लाग्ने जानकारी दिए ।

अस्पतालको अध्यक्षमा पुन  किस्मत कुमार कक्षपति  चयन हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा शिवराज श्रेष्ठ, उपाध्यक्षमा कान्तुराम गौतम, महासचिवमा राजेन्द्र कुमार आचार्य, सचिवमा सतिश निरौलासहित कोषाध्यक्षमा सूर्य रानाभाट र सह–कोषाध्यक्षमा इन्द्र बहादुर थापा निर्वाचित हुनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका