Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा एमालेको जनपरिचालन अभियान सुरु – Gaule Khabar

चितवनमा एमालेको जनपरिचालन अभियान सुरु

चितवनमा एमालेको जनपरिचालन अभियान सुरु

चितवन, माघ ८–

नेकपा एमालेले संविधान कार्यान्वयको लागि रत्ननगरमा जनपरिचालन अभियान सुरु गरेको छ । जनताको समस्या बुझ्ने र संविधानमा भएका व्यवस्थाहरुका बारेमा नागरिकलाई जानकारी गराउन अभियान सुरु गरिएको हो ।
नेकपा एमाले रत्ननगर वडा नं.३ वडा कमिटीले वडामा अभियान सूरु गरेको छ । अभियानको एमालेका जिल्ला अध्यक्ष एवम् साँसद कृष्णभक्त पोखरेलले उद्घाटन गरेका थिए । सो अबसरमा उनले संविधान कार्यान्वयमा काँग्रेस र माओवादी केन्द्र बाधक बनेको आरोप लगाए । अहिले सम्मकै नमुना संविधानलाई संशोधन गर्ने भनेर काँग्रेस र माओवादी केन्द्रले संविधान कार्यान्वय हुन नदिले खेल सुरु गरेको उनको आरोप थिए ।
सो वडामा फागुन ३० गते सम्म जनपरिचालन अभियान सञ्चालन हुने छ । अभियानका क्रममा जनताको घरघरमा पुगेर उनीहरुको समस्या पहिचान गरी त्यसको सामधान गर्ने,नयाँ संविधानको बारेमा नागरिकलाई बुझाउने लगायतका गतिविधि गरिने वडा अध्यक्ष ऋषबराज थपलियाले जानकारी दिए ।
जिल्ला कमिटी सदस्य मिना गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा रत्ननगर नगरकमिटी अध्यक्ष बद्रिनाथ घिमिरे, निर्वतमान अध्यक्ष प्रेमनाथ दुवाडी, जिल्ला निर्वाचन कमिटी सदस्य कृष्णप्रसाद नेपाल, वडा सचिव बालकृष्ण भट्टराई, क्षेत्रीय कमिटी सदस्य राजेन्द्र सर्मपितलगायतले मन्तब्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका