Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एक हुने तयारीमा नयाँ शक्ति र फोरम – Gaule Khabar

एक हुने तयारीमा नयाँ शक्ति र फोरम

एक हुने तयारीमा नयाँ शक्ति र फोरम

काठमाडौं,माघ ८ –

संघीय समाजवादी फोरम नेपालले पार्टीको नीति, विचार र सिद्धान्त मिल्ने राजनीतिक दलहरुसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको छ ।
संघीयता, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण, प्रादेशिक स्वशासन र स्वायत्तताको प्राप्ति र उत्पीडित समुदायको लागि संघर्षरत दलहरु मिल्नुको विकल्प नरहेको निष्कर्ष निकाल्दै बैठकले विचार र सिद्धान्त मिल्ने दलहरुबीच एकीकरण गरेर अघि बढ्ने निर्णय गरेको हो ।
नयाँ शक्ति र फोरमवीच एकताको चर्चा भैरहदा फोरमको यस्तो निर्णय आएको हो ।

राजनीतिक समितिको यो निर्णयसँगै नीति र सिद्धान्त मिल्ने दलहरुसँग एकीकरण गर्ने बाटो खुला भएको छ ।
गत वर्ष मात्रै तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी नेपाल र खस समावेशी राष्ट्रिय पार्टीबीच एकीकरण भई संघीय समाजवादी फोरम नेपाल स्थापना भएको थियो ।

त्यसै गरी वैठकले संसद्मा प्रस्तुत संशोधन विधेयकलाई परिमार्जन नगरिए त्यसलाई यथास्थितिमा स्वीकार नगर्ने निर्णय गरेको छ ।
मधेशी मोर्चा–संघीय गठबन्धनले राखेको २६ बुँदे माग र मुद्दालाई विधेयकले बेवास्ता गरेको निष्कर्ष निकाल्दै फोरम नेपालले हाम्रो सहमतिका आधारमा परिमार्जन भएको खण्डमा मात्रै त्यसलाई स्वीकार गर्ने औपचारिक निर्णय गरेको हो ।

फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा सम्पन्न राजनीतिक समितिको बैठकले संसद्मा पेश गरिएको संशोधन विधेयकलाई अस्वीकार गर्दै राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन हुनेगरी परिमार्जनको माग गर्दै राष्ट्रिय राजनीतिको सवालमा विभिन्न निर्णयहरु गरेको छ ।
बैठकको निर्णय सुनाउँदै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने,– ‘संघीयता, समावेशीकता, समानुपातिक समावेशी र पहिचानको मुद्दाहरु सम्बोधन नगर्ने विधेयकलाई आन्दोलनरत पक्ष संघीय गठबन्धन र मधेशी मोर्चाको सहमतिका आधारमा संशोधन विधेयक परिमार्जन भए मात्र स्वीकार गर्न सकिनेछ ।’
यादवले जसका लागि संविधान संशोधन गर्न खोजिदैछ, उसैको माग, मुद्दा र सहमतिलाई सरकारले बेवास्ता गरेपछि परिमार्जन बिना संशोधन विधेयकको कुनै औचित्य नभएको बताए ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले ढाँटछल गर्न खोजेपनि जसरी पनि चुनाव गर्नुपर्ने बताएका छन्। शनिबार स्थानीय निकाय कमर्चारी संघको अधिवेशन उद्घाटन गर्दै उनले जतिसक्दो छिटो चुनाव घोषणा गर्नुको विकल्प नभएको बताए। ुछक्कापञ्जा फिल्ममा चल्ला, एमालेसँग चल्दैन। त्यसकारण साफसाफ चुनाव चाहियोु उनले भने ुआज चार दलको बैठकमा म यही कुरा भन्छु।ु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार नै एमाले सहित चार दलको बैठक बोलाएका छन्। स्थानीय तहको चुनाव छिट्टै हुने भन्दै ओलीले कर्मचारीहरु तयारी अवस्थामा बस्नुपर्ने बताए। ुकेही पर धकेल्ने कोशिस त होला तर स्थानीय तहको चुनाव हुन्छ तपाईहरु तयार भएर बस्नुस्ु उनले भने। स्थानीय तहमा निर्वाचनपछि आउने नेतृत्व नयाँ हुने भएकाले धेरै विषय कर्मचारीहरुले सिकाउनुपर्ने अध्यक्ष ओलीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका