Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वैदेशिक रोजगारीको लागि ५ देशसँग सम्झौताः श्रममन्त्री गुरुङ – Gaule Khabar

वैदेशिक रोजगारीको लागि ५ देशसँग सम्झौताः श्रममन्त्री गुरुङ

वैदेशिक रोजगारीको लागि ५ देशसँग सम्झौताः श्रममन्त्री गुरुङ

काठमाडौं, माघ ७–

श्रम तथा रोजगारमन्त्री सुर्यमान गुुरुङ्ले श्रम तथा वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउने काम भैरहेको बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङ्ले श्रम मन्त्रालय अत्यन्तै समस्याग्रस्त मन्त्रालय भएको उल्लेख गर्दै भने,‘यो मन्त्रालय नै समस्याग्रस्त मन्त्रालय रहेछ, म आउने वित्तिकै यसको सूधारको लागि उल्लेख्य कामहरु भैरहेका छन्, यसको नीतिगत सूधारको लागि मैले निरन्तर काम गरिरहेको छु ।’ उनले अहिले सबै कामहरु अनलाईन मार्फत सुरु गर्न लागिएको र छिट्टै कार्यान्वयनमा आउने समेत विश्वास दिलाए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री गुरुङ्ले भने,‘श्रम तथा रोजगार क्षेत्रलाई सुधार गर्नको लागि नयाँ र व्यवस्थित् ढंगले अघि बढाउनेगरि कामहरु भैरहेका छन्, मेरो नेतृत्वमा पारदर्शी कामहरु भैरहेका छन् ।’ उनले आफूले कहिल्यै पनि गलत काम नगरेको र यो उमेरमा आएर आफूलाई गलत गर्नुपर्ने केही कारण नै नभएको समेत जिकिर गरे ।
अहिले मन्त्रीले धमाधम नयाँ म्यानपावरहरु दर्ता गराईरहेको छ भनेर गलत प्रचार गरिएकोप्रति दुःख व्यक्त गर्दै उनले भने,‘मैले किन गलत काम गर्नुपर्यो र ?’ । त्यस्तै उनले फ्रि–भिसा, फ्रि–टिकटको नाममा पनि अहिले गलत कामहरु भैरहेको समेत चिन्ता व्यक्त गर े। उनले अघि थपे,‘स्वयम् जाने मान्छेहरुले ढाँट्छन्, ठूलो रकम तिरेर जान्छन् तर कति तिर्नुभयो भनेर सोध्दा दश हजार भन्छन्, अब कि त यसलाई शुन्यमै झानुपर्छ।’
उनले रेमिट्यान्सले जीवनस्तर उकास्छ भन्ने कुरामा आफूलाई कुनै विश्वास नभएको समेत धारणा राखे। मन्त्री गुरुङ्ले थपे,‘विदेशिनु हाम्रो लागि बाध्यता पनि हो।’ उनले धमिलिएको र गाँजिएको वातावरण सपार्ने काममा आफू लागिपरिरहेको समेत जानकारी दिए। त्यस्तै उनले आफू मन्त्री भएपछि प्रतिबन्ध लगाईएको अफगानिस्तानमा रोजगारीको लागि पूनः सूचारु गरेको समेत बताए । गुरुङ्ले थपे,‘मैले क्याविनेटबाटै यो निर्णय गराएको हुँ, काठमाडौंस्थित् अमेरिकी र बेलायती राजदुतहरुले मसँग बारम्बार आग्रह गरेपछि हामीलेपनि शर्तहरु राख्यौं, हाम्रो शर्त उहाँहरुले मान्नुभएपछि यो खुलाईएको हो।’
मन्त्री गुरुङ्ले अहिलेसम्म १ सय १० वटा देशमा नेपालबाट रोजगारीको लागि जाने गरेको समेत जानकारी दिए । त्यस्तै उनले श्रमको लागि नयाँ गन्तव्यमा कतार, युएई, ईजराय, जापान, दक्षिण कोरिया र बहराईनसँग सम्झौता भैसकेको र साउदी अरब, जोर्डन, लेवनन, मलेसिया र कुवेतसँग सम्झौता हुने प्रक्रियामा रहेको समेत जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका