Gaule Khabar
बिहिबार, साउन २६, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

कक्षा ११ को भर्ना साउन मसान्तसम्म लिइसक्ने निर्देशन

कक्षा ११ को भर्ना साउन मसान्तसम्म लिइसक्ने निर्देशन

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीको भर्ना गर्ने समय विद्यालयहरूले छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्‍याएको हो।

बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएसँगै विद्यालय र क्याम्पसहरूले फरक(फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो । छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्ना अवसरबाट वञ्चित हुनु पर्ने गुनासो आएको भन्दै त्यस्तो निर्देशन दिएको छ ।

बोर्डमा प्राप्त गुनासाहरूका सम्बन्धमा बोर्डले ध्यानाकर्षण राख्दै जारी सूचनामा भनिएको छ, यस सम्बन्धमा सम्बन्धित विद्यालयहरूले माध्यमिक शिक्षा परीक्षा –कक्षा (१०)को नतिजा सार्वजनिक भएको न्यूनतम १५ दिनसम्म आवेदन दिन सक्ने गरी भर्ना कार्यक्रम तय गरी २०७९ साल श्रावण मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउन सबै विद्यालयरक्याम्पसलाई सूचित गरिन्छ ।’

स्थानीय पालिकाहरूले सो बारेमा सहजीकरण गर्नु पर्ने परीक्षा बोर्डले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ