Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अझै आशामै छन् चितवनका भूकम्पपीडित – Gaule Khabar

अझै आशामै छन् चितवनका भूकम्पपीडित

अझै आशामै छन् चितवनका भूकम्पपीडित

दिपेन्द्र अधिकारी,
चितवन, माघ ७–

भूकम्पका कारण भत्किएको घरको लगत संकलनका लागि ढिलै भए पनि इन्जिनियरहरु गाउँमा पुगेपछि चितवनका पहाडी गाविसका भूकम्प प्रभावितहरु खुसी भएका छन् ।
भूकम्पका कारण चितवनको अति प्रभावित क्षेत्र पहाडी गाविसमा माघ ५ गतेबाट इन्जिनियरहरु भत्किएको घरको लगत संकलनमा जुटेको लगत सङ्कलन कार्यालय चितवनका प्रमुख जीवनाथ आचार्यले जानकारी दिए ।
चितवनमा भूकम्पबाट अति नै प्रभावित मानिएको दारेचोक गाविसस्थित स्वारथोकका स्थानीय कृष्णबहादुर गुरूङले ढिलै भए पनि इन्जिनियरहरु गाउँमा आएकोमा खुसी व्यक्त गरे । दारेचोक, चण्डीभन्ज्याङ, कोराक, काउले र लोथरमा इन्जिनियर र सामाजिक परिचालक खटिएका छन् आजको चितवन पोष्ट दैनिकमा खबर छ । आचार्यका अनुसार बाँकी रहेका नगरपलिका र गाविसमा अर्को हप्ताबाट लगत संकलन थालिने भएको छ । यसका लागि थप २६ जना इन्जिनियर खटिने भएका छन् । उनीहरुको साथमा सामाजिक परिचालकसमेत रहने छन् ।
चितवनमा कुल ५२ जना इन्जिनियरले काम थालेको ४५ दिन भित्र सबै विवरण तयार पारिसक्नुपर्ने हुन्छ । लामो समयसम्म लगत संकलन नहुँदा कतिपयले नयाँ घर बनाइ सकेका छन् । ‘राज्यले कतै हामीलाई भुल्ने हो कि जस्तो लागेको थियो, दारेचोक ७ कमेरेका स्थानीय नारायण भट्टराईले भने, ‘ढिलै भए पनि गाउँमा इन्जिनियर आउँदा अब भने केही हुन्छ कि भन्ने आशा जागेको छ ।’
भूकम्पमा परी तत्कालीन समयमा चितवनमा १० जनको मृत्यु हुनाका साथै १४६ जना घाइते भएको तथ्याङ्क छ । जिल्ला विकास समिति चितवनका अनुसार १८ हजार ७५२ वटा घरमा क्षतिको निवेदन परेका छन् ।
पुस २० गतेबाट इन्जिनियरहरु भूकम्प प्राभावितहरुको तथ्याङ्क संकलनका लागि गाउँगाउँ जाने भनिए पनि झण्डै २ हप्ता ढिला गरी उनीहरु गाउँ पुगेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका