Gaule Khabar
बिहिबार, साउन २६, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

टान निर्वाचनमा लोकतान्त्रिक प्यानलवाट निलहरि बास्तोला उम्मेद्वार

टान निर्वाचनमा लोकतान्त्रिक प्यानलवाट निलहरि बास्तोला उम्मेद्वार

काठमाडौँ । नेपाली काँग्रेसप्रति आस्था राख्ने पर्यटन व्यवसायी निलहरि बास्तोलालाई पर्यटन व्यवसायीहरुको दुई भिन्दाभिन्दै सङ्गठनले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि आधिकारिक उम्मेदवार उठाउने भएको छ ।

टानको आगामी साउन ३० गते हुने निर्वाचनका लागि नेपाल पर्यटन व्यवसायी सङघ ९निटनेपाल० र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले बुुधबार संयुुक्त कार्यक्रम गरी टानको अध्यक्षमा व्यवसायी बास्तोलालाई समर्थन गर्ने निर्णय गरेको हो । दुुबै सङ्गठनका अध्यक्ष क्रमश, दीपक महत र आरबी अधिकारीको रोहबरमा बास्तोलालाई आधिकार उम्मेदवारको रुपमा निर्वाचन अभियानमा होमिने निर्णय भएको हो। दुबै सुभेच्छुक संस्था एकाकार भएर टान निर्वाचनमा एउटै समूहको रुपमा प्रतिस्पर्धा गर्ने निर्णय भएको छ।

अध्यक्षका प्रत्यासी बास्तोलाले सुभेच्छुक संस्थाबाट आफूू टान अध्यक्षको आधिकारिक उम्मेद्वार भएकाले व्यवसायीक छलफल र प्रचार–प्रसारलाई तीब्रता दिएको बताए ।

पर्यटन क्षेत्रमा विगत २६ वर्षदेखि सक्रिय बास्तोला टानको नेतृत्वमा पुुगेको खण्डमा पर्वतीय पर्यटनको शाखलाई खदिलो बनाएर समग्र व्यवसायीको हित अनुकूलको संस्था स्थापित गर्ने बताउ छन् । उनले टानको संस्थागत सुधार र पर्यटन व्यावसाय प्रवद्र्धनका भाबी योजनासहितको एजेण्डा आफुसँग रहेको बताए ।

टानको संस्थागत सुदृढिकरण र सेवा प्रभावकारिता एवम् सरकार र निजी क्षेत्रबीचको व्यवसायिक साझेदारितालाई समन्वयकासाथ पूर्ण व्यवसायीलाई नेतृत्वमा लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रगतिशील समुहको साझा उम्मेद्धार पनि अर्को प्रतिस्पर्धामा हुने भएकोले यसै भन्न नसकिने अवस्था भने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ