Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एक्सपर्टको एजुकेसन फेयर सम्पन्न,४ सय बढी सहभागी – Gaule Khabar

एक्सपर्टको एजुकेसन फेयर सम्पन्न,४ सय बढी सहभागी

एक्सपर्टको एजुकेसन फेयर सम्पन्न,४ सय बढी सहभागी

चितवन,माघ ५-

नेपालबाट अस्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी चितवनको भरतपुरमा ग्राण्ड अस्ट्रेलियन एजुकेसन फेयर सम्पन्न भएको छ । विगत लामो समयदेखि नेपालबाट अस्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिंदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले आयोजना गरेको उक्त फेयरमा अस्ट्रेलियाबाट आएका ५ वटा यूनिभर्सिटीका प्रतिनिधिहरु र एक्सपर्ट एजुकेसनका ग्लोबल डिरेक्टरहरुको सहभागिता रहेको थियो । बुधवार भएको उक्त फेयरमा अस्ट्रेलियामा अध्यन गर्न चाहाने ४ सय भन्दा बढी विद्यार्थिहरुको सहभागिता रहेको थियो ।

फेयरमा सहभागि विद्यार्थीहरुले यूनिभर्सिटीका प्रतिनिधिहरु र एक्सपर्ट एजुकेसनका ग्लोबल डिरेक्टरहरुसंग आप्mनो चाहाना, लक्ष्य र सम्भावनाका बारेमा प्रत्यक्ष रुपमा कुराकानि गरेका थिए । उनिहरुले अस्ट्रेलियाको शिक्षा, विश्वविद्यालय, विषयगत लागत, आवदेन प्रक्रिया जस्ता आवश्यक सम्पूर्ण विषयहरुमा प्रत्यक्ष जानकारी लिन पाएकोमा खुसि लागेको प्रतिक्रिया दिएका छन् ।

फेयरमा अभिभावकहरुको पनि सहभागिता रहेको थियो । उनिहरुले पनि विश्वविद्यालय र कन्सल्टेन्सीका प्रतिनिधिहरु सँगको प्रत्यक्ष कुराकानीमार्फत् विद्यार्थीहरुले अस्ट्रेलियामा अध्ययन गर्न जान आवश्यक सबै जानकारी विश्वसनिय वातावरणमा एकै ठाउँ प्राप्त गरेकोमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाइ धन्यवाद ज्ञापन गरेका छन् ।

काठमाडौं, चितवन, बुटवल, पोखरा र बिर्तामोडमा गरी नेपालका ५ शहरमा शाखा कार्यलय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले नेपाली विद्यार्थीहरुले सहजरुपमा उचित परामर्श पाउन् भन्ने उद्देश्यले यस प्रकारका शैक्षिक मेला आयोजना गर्दै आएको छ । अहिलेसम्म विभिन्न मुलुक गरि २० हजार भन्दा बढी विद्यार्थी एक्सपर्ट एजुकेसन मार्फत अस्ट्रेलिया पुगिसकेका छन् ।

यस्ता फेयर र शैक्षिक सेमिनारले विद्यार्थिहरुमा आत्मविश्वास बढ्नुका साथै उनिहरुले उचित परामर्श पाउने हुनाले पनि एक्सपर्ट एजुकेशनले सोहि प्रकारका कार्यक्रमहरुको आयोजना गर्दै आएको र आगामि दिनमा पनि गरिरहने एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका चितवन डिरेक्टर डिल्लीराम अधिकारीले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका