WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBTWIRJsIn2/yJr3R1iKnxOUblRauH1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 13:40:39', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ,५ –
संविधान संशोधन विधेयक पारित गराउने गृहकार्यमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अप्रत्यासीत झड्का लागेको छ । सत्तारुढ दल काँग्र्रेस र माओवादीका पाँच सांसदले विधेयको विपक्षमा मतदान गर्ने तयारी गरेपछि प्रचण्ड तनाबमा परेका हुन ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन विधेयक कुनै पनि हालतम पारित नहुने बताइरहेका बेला सत्तापक्षका सासंद नै ओलीको पक्षमा उभिएपछि ओली हौसिएका छन्। ओलीले साना दलका नेताहरुसँग लगातार बैठक गरिरहेका छन् । ओलीले अहिले सरकारलाई दस मत नपुग्ने देखिएको बताउँदै अझै साना दलका केही सांसद विपक्षी गठबन्धनमा आउने बतारहेका छन् ।
यता संविधान सशोधन विधेयकको बारेमा एमाले अध्यक्ष ओली र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालबीच छलफल भएको छ । । ओलीले आफुनिकट नेताहरुसंग कांग्रेस माओवादीका पाँच सांसद विपक्षमा मतदान गर्न तयार रहेको र केही बढ्न तयार रहेको बताएका छन् । ओलीका अनुसार कांग्रेसका चन्द्र भण्डारी, धनराज गुरुङ, माओवादीका टोपबहादु रायमाझी डोरप्रसाद उपाध्यायले विपक्षमा मत हाल्ने वचन दिएका छन् ।