Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सरकारले हिमाल, पहाड र तराई अलग्याउन खोज्योः ओली – Gaule Khabar

सरकारले हिमाल, पहाड र तराई अलग्याउन खोज्योः ओली

सरकारले हिमाल, पहाड र तराई अलग्याउन खोज्योः ओली

दमक, माघ ५–

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जातीय कुरा उठाएर सद्‍भाव भड्काउन खोजेको आरोप लगाएका छन्। झापाको दमकस्थित हिमशिखर टेलिभिजनको सातौँ वार्षिकोत्सव तथा रेडियो हिमशिखर १०३.३ मेगार्हजको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले सरकारले मिलेर बसेको समाजलाई भड्काउने काम गरेको आरोप लगाए।

संविधान संशोधन मार्फत सरकारले हिमाल, पहाड र तराई अलग्याउन खोजेको आरोप उनले लगाए। उनले भने,‘म फेरि पनि भन्छु- हिमाल पहाड र तराई अलग्याउन एमालेले कुनै पनि हालतमा दिँदैन। यसको कल्पना पनि नगरे हुन्छ।’ जनताले सात दशक लामो संघर्षबाट प्राप्त गरेको संविधान कार्यान्वयनमा सञ्चार माध्यमले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाई छ। ‘नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको जनता माझ सही प्रचारप्रसार गरेर सञ्चार माध्यमले संविधान कार्यान्वयनमा सहयोग गर्नु पर्छ।’ देशलाई अहित हुने काम एमालेले कहिल्यै नगर्ने ओलीको कथन थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका