Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महोत्सवमा कृषि उपजका उत्कृष्ट किसान पुरस्कृत – Gaule Khabar

महोत्सवमा कृषि उपजका उत्कृष्ट किसान पुरस्कृत

महोत्सवमा कृषि उपजका उत्कृष्ट किसान पुरस्कृत

चितवन,माघ ४-

नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भैरहेको ११ औँ चितवन महोत्सवमा प्रदर्शन गरिएका मध्ये उत्कृष्ट भएका विभिन्न कृषिबालीका किसानलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

मंगलबार महोत्सव स्थलमा आयोजीत उत्कृष्ट व्यावसायिक कृषकहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रमको आयोजना गरि उत्कृष्ट हुन सफल भएका किसानहरुलाई सम्मान गरिएको हो । महोत्सव परिसरमा राखिएका कृषि उपज तर्फ पहिलो, दोस्रो र तेस्रो हुने किसानलाई पुरस्कार तथा सम्मान गरिएको कृषि उपज प्रदर्शनी व्यवस्थापन समितिका संयोजक थीरप्रसाद धितालले बताए । काउली, बन्दा, फर्सी, मेवा, सुन्तला, लसुन, भेन्टा, मुलालगायतका कृषि उपज प्रदर्शनीमा सहभागिता जनाएका किसानहरुलाई पुरस्कार वितरण गरिएको हो ।

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि एवम् चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले कृषिमा व्यावसायिकरण गरेमा मात्रै हाम्रो जीवनस्तर सुधार गर्न सकिने बताए । निर्वाहमुखी खेतीले हामी समृद्ध बन्न नसक्ने भएकाले सम्पूर्ण किसानहरुले व्यावसायिक कृषि पद्धती अपनाउनुपर्ने पोखरेलको भनाइ थियो । उन्नत प्रजातिको पशु पालन गर्दै कृतिम गर्भाधान गराउँदा व्यावसायिक पशु पालन किसानलाई धेरै फाइदा पुग्ने सेढाईँको भनाइ थियो ।

सरकारले एक वर्षमा अण्डमा, दुई वर्ष भित्र दूधमा र तीन वर्ष भित्र मासुमा नेपाललाई आत्मनिर्भर बनाउने निर्णय गरेकोले त्यसलाई सार्थक पार्न पशु सेवा कार्यालय लागी परेको सेढाईँको भनाइ छ । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले कृषिमा व्यावसायिकरण गराउनको लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना ल्याएको बताए ।

११औँ चितवन महोत्सव २०७३ का मूल आयोजक समिति संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि उपज प्रदर्शनी व्यवस्थापन समितिका संयोजक थीरप्रसाद धितालले धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका