Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिंहदरबारलाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्ने निर्णय । – Gaule Khabar

सिंहदरबारलाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्ने निर्णय ।

सिंहदरबारलाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्ने निर्णय ।

काठमाडौं,माघ ३-

भूकम्पले क्षतिग्रस्त सिंहदरवारको मुख्य भवन नयाँ बनाउने कि रेट्रोफिटिङ गर्ने बहस टुंगिएको छ । र, अब यसको पुनर्निर्माणले गति पाउने अपेक्षा गरिएको छ ।डेढ वर्षसम्म चलेको विवाद टुंग्याएर सिंहदरबारलाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्ने निर्णय भएको हो ।

सिंहदरबार पुनर्निर्माण सचिवालयले भवनलाई रेट्रोफिटिङमार्फत प्रवलीकरण गर्न भन्दै टेण्डर निकाल्ने अन्तिम तयारी गरेको छ । यसका लागि झण्डै २५ करोड बढी खर्च हुने अनुमान छ ।सचिवालयले मूल भवनलाई भत्काएर नयाँ बनाउने प्रस्ताव गरेको थियो, तर पुरातत्व विभागले असहमति जनाएपछि समिति पुरानो निर्णयबाट पछि हटेको छ । अब यसैसाता रेट्रोफिटिङका लागि टेण्डर आह्वान हुने सिंहदरबार पुनर्निर्माण समितिका इञ्जिनियर सरोज कायस्थले  जानकारी दिए ।

०३० सालमा भएको आगलागीपछि पुनर्निर्माण गरिएको सिंहदरबार ०७२ वैशाख १२ को भूकम्पले हल्लाएपछि निकै जोखियुक्त अवस्थामा छ ।प्रधानमन्त्रीको कार्यालय, योजना आयोग, रक्षा मन्त्रालय लगायत उच्च निकाय भवनबाट सरेपनि आपूर्ति मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र कर्णाली आयोगका कार्यालय यही भवनभित्रै सरेर आएका छन् ।

पुरातत्व विभागले शहरी विकास मन्त्रालयलाई चिठी लेखेर सम्पूर्ण पश्चिमी भाग इञ्जिनियरबाट अध्ययन गराएर रेट्रोफिटिङ गर्न मिल्ने कि नमिल्ने हेरेर मात्रै निर्णय गर्न शहरी विकास मन्त्रालयलाई पत्र पठाएको थियो । पुरातत्व विभागले सकेसम्म रेट्रोफिटिङ गरेर पुरातात्विक सम्पदा जोगाउने नीति लिएको छ ।०७२ को भूकम्पले सिंहदरवारको सो भागको पश्चिमी मोहडामा धेरै क्षति पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका