Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व – सभापति देउवा – Gaule Khabar

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व – सभापति देउवा

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व – सभापति देउवा

पोखरा, माघ ३-

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमा उहाँले पहाडी र मधेसी जनताबीच झगडा गराउने षड्यन्त्र भइरहेको बताउँदै हिमाल, पहाड र तराईबीचको एकता देशको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

संविधान संशोधनमा अघि सारिएको प्रदेशको सीमाङ्कनको विषयमा यसअघि तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइराला र केपी ओलीबीच हस्ताक्षर गरिएको विषय भएको उल्लेख गर्दै उहाँले अहिले त्यही अवधारणालाई अघि बढाइएको बताउनुभयो ।

संविधानको सफल कार्यान्वयन र देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न आसन्न तीनवटै तहका निर्वाचनमा काँगे्रसले जित्नु आवश्यक भएको बताउँदै उहाँले त्यसका लागि पार्टीभित्र आन्तरिक एकता कायम गरी अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

“पार्टीमा आन्तरिक एकता नभए चुनाव जित्न सकिँदैन, जसले चुनाव जित्न सक्छ, त्यसैलाई उम्मेदवारको टिकट दिने हो”, उहाँले भन्नुभयो– “काँग्रेस पराजय हुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन, संविधानको कार्यान्वयनजस्ता धेरै कुरा प्रभावित बन्छ, टिकट पाउनेलाई नपाउनेले सहयोग गरी अघि बढ्नुपर्छ ।

नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले निर्वाचन गराउने कुरामा सरकार सक्रिय बन्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस कास्कीका पूर्वसभापति एवम् सांसद यज्ञबहादुर थापाले तीन तहका निर्वाचन सम्पन्न गर्दै मुलुकमा संविधानको कार्यान्वयन गर्नका लागि पार्टीको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका पूर्व आमन्त्रित सदस्य शुक्रराज शर्माले देशका विभिन्न कठिन मोडमा नेतृत्व गरेको पार्टीले तीनै तहको निर्वाचनमा आफ्नो नेतृत्वदायी भूमिका स्थापित गर्दै संविधान कार्यान्वयन र प्राप्त उपलब्धिको रक्षाका लागि अघि बढ्ने धारणा राख्नुभयो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले देशलाई राजनीतिक स्थिरता कायम गर्दै समृद्धिको मार्गमा उन्मुख गराउने जिम्मेवारी काँग्रेसको भएको बताउनुभयो ।

नेपाल महिला सङ्घ कास्कीका सभापति कोपिला रानाभाटले नयाँ संविधानले तय गरेअनुसारका कुरालाई कार्यान्वयन गर्नु वर्तमानको आवश्यकता भएकामा जोड दिनुभयो । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका