WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bi9wKilGkSUrCg8d2bYvC0HllgJYQJ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 22:12:49', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ ३ –
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी घोषणा गर्दा शेरबहादुर देउवाले आफूले जिते कांग्रेसलाई विधि विधान र पद्धतिमा डोहोर्याउने बताएका थिए । उनले सुशील कोइरालाई पराजित गर्दै सभापति जित्न पनि सफल भए ।
औपचारिक रुपमा कांग्रेसको नेतृत्व सम्हालेको १० महिना वितिसकेको छ, तर तिनै देउवाले पार्टीको बिधानले बाँधेका थुप्रै काम पूरा गर्न सकेका छैनन् ।
१० महिने कार्यकालमा उनले भातृ संगठनको महाधिवेशन गरे, वाम गठबन्धन तोड्न सफल भए भने संसदीय दल र कार्यसमितिको निर्वाचन गराउन सफल भए ।तर उनी चार चरणमा १२ सदस्य मनोनयन गर्न असफल भए । त्यसमध्ये ३ जना मनोनित गरेपनि ९ जना अझै बाँकी छ ।
बिधानअनुसार २ महिनामा गठन हुनुपर्ने बिभाग अलपत्र परेको छ भने उपसभापति र महामन्त्रीको मनोनयन अझै हुन सकेको छैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।