Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्ववियु निर्वाचनमा उमेर हदबन्दी मान्य छैन : नेविसंघ – Gaule Khabar

स्ववियु निर्वाचनमा उमेर हदबन्दी मान्य छैन : नेविसंघ

स्ववियु निर्वाचनमा उमेर हदबन्दी मान्य छैन : नेविसंघ

काठमाडौं,पुस १-

नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विश्वविद्यालयले लगाएको उमेर हदबन्दी मान्य नहुने चेतावनी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आयोजित नेविसंघ इकाइ सभापतिहरुको भेलामा विश्वविद्यालयले स्ववियु निर्वाचनमा लगाएको २८ वर्षको उमेरहद मान्य नहुने चेतावनी दिइएको हो । उनीहरुले विश्वविद्यालयमा राजनीति गर्ने विद्यार्थी नेताहरुले विद्यार्थीहरुबाट अनुमोदित हुने अवसरलाई समेत त्रिविले बन्द गर्न खोजेको आरोप समेत लगाएका छन् ।

उनीहरुले नेविसंघको केन्द्रीय नेतृत्वले २८ वर्षे उमेर हदबन्दी लागू गर्न गरेको निर्णय समेत नमान्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्व विद्यालयको ४२ औं प्राज्ञ सभाले स्ववियू निर्वाचनको उमेदवार बन्न २८ वर्ष उमेर हुनुपर्ने निर्णय गरेको थियो ।

कार्यक्रमममा नेविसंघका नेताहरुले उमेर हदबन्दी लगाए फेरि पनि स्ववियू निर्वाचन हुनै नसक्ने जिकिर पनि गरे ।उनीहरुले संगठन कम्जोर भएपछि निर्वाचन रोक्न माओवादी निकट विद्यार्थी संगठनले उमेर हदबन्दीको मुद्धा उठाएर निर्वाचनको वातावरण बिगार्न खोजको आरोप समेत लगाएका छन् ।

नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले भने उमेरको हदबन्दी लगाउने त्रिभुवन विश्व विद्यालयको निर्णयको स्वागत गर्दैै निर्वाचनका लागि आवश्यक तयारीमा जुटिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका