Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
३४ किलो सुन काण्डः सरकारी कर्मचारीलाई पहिलो पटक संगठित अपराधमा मुद्धा चल्ने – Gaule Khabar

३४ किलो सुन काण्डः सरकारी कर्मचारीलाई पहिलो पटक संगठित अपराधमा मुद्धा चल्ने

३४ किलो सुन काण्डः सरकारी कर्मचारीलाई पहिलो पटक संगठित अपराधमा मुद्धा चल्ने

काठमाडौं,पुस २९ –

३४ किलो सुन काण्डमा संग्लग्न रहेको आरोपमा पक्राउ परेका भन्सारका दुइ कर्मचारीलाई संगठित अपराधमा मुद्धा चल्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा तथ्यांक अधिकृतको रुपमा कार्यरत श्रीनारायण यादव र एक्स रे टेक्निसियनको रुपमा कार्यरत राजकुमार ढकाललाई सीआइबीले संगठित अपराध अन्र्तगत मुद्धा चलाउने भएको हो ।

बिहीबार घरबाटै पक्राउ परेका यादव र ढकाल दुवैलाई सिआइबीले १८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । गत बिहीबार दुवईबाट सुन बोकेर आउने गोपाल शाही, विमानस्थलमा सुन लिन जाने सन्तोष काफ्ले र दिलबादुर थापाको यसअघि नै म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

उनीहरुकै बयानका आधारमा बिहीबार पक्राउ परेका भन्सारका दुइ कर्मचारी यादव र ढकालको सुन तस्करीमा संलग्नता देखिएपछि उनीहरुविरुद्ध पनि संगठित अपराधमै मुद्धा चलाउन लागिएको हो ।

सिआइबी स्रोतका अनुसार सुन काण्डमा समातिएका सबैलाई संगठित अपराधमा मुद्धा चलाउन गृह मन्त्रीले नै निर्देशन दिएका छन् । अनुसन्धानमा संग्लग्न एक अधिकृतले भने, ‘गृहमन्त्रीले तस्करीमा साथ दिने हरेक कर्मचारीलाई पक्राउ गरेर संगठित अपराधमा मुद्धा चलाउने स्पष्ट आदेश दिएकोले बिहीबार समातिएकालाई संगठित अपराधमा मुद्धा चलाउन सम्भव भएको हो ।’

सिआइबी प्रमुख डिआइजी नवराज सिलवालले सुन काण्डमा संग्लग्न सबैलाई कारवाहीको दायरामा ल्याउने र संगठित अपराधमा मुद्दा चलाउने बताए ।

सरकारी कर्मचारीलाई पहिलो पटक

सिआइवीले सुन बरामद हुने वित्तिकै राजश्वमा बुझाउने परम्परालाई तोड्दै आफैंले अनुसन्धान गरेर पहिलो पटक संगठित अपराधमा मुद्धा चलाउन लागेको हो ।

यसअघि विभिन्न अभियोगमा सरकारी कर्मचारीहरु पक्राउ परेको भए पनि संगठित अपराधमा मुद्धा चलाउने लागिएको यो पहिलो पटक हो ।

संगठित अपराधमा मुद्धा चलाउने कि नचलाउने भनेर सीआइबीले गृहमन्त्री र महान्याधिवक्तासँग कुरा गरेको थियो । दुवै निकायले साथ दिएपछि यस पटकको अनुसन्धानमा सजिलो भएको सीआइबीका एक अनुसन्धान अधिकृतले बताए ।

संगठित अपराधको मुद्धामा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ भने जन्म कैद सम्मको सजाय हुन सक्छ ।

प्रहरीका अनुसार तीन वा तीन भन्दाबढी मिलेर गरेको ३ वर्ष भन्दा बढी सजाय हुन सक्ने अपराधका आरोपीलाई संगठित अपराधमा मुद्धा चलाउन सकिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका