Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरे – Gaule Khabar

३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरे

३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरे

मुस्ताङ, पुस २८–

पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको जानकारीअनुसार, सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् ।

राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कलासंस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन् । सन् २०१५ भन्दा १६ मा १५ हजार सातसय ४५ बढी पर्यटक भित्रिएको एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले जानकारी दिनुभयो ।

“सन् २०१५ मा जम्मा २३ हजार दुईसय ७२ जना मात्र पर्यटक आएको तथ्याङ्क छ । भूकम्प त्रास र प्रतिकूल मौसमका कारण गत वर्ष कम पर्यटक भित्रिएका हुन्”, प्रमुख दाहालले भन्नुभयो, “सन् २०१६ को सङ्ख्या उत्साहजनक छ ।” पर्यटकको आवागमन बढेसँगै मुस्ताङका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

एक्यापका अनुसार मुस्ताङ भ्रमणमा आउने पर्यटकमध्ये १५ हजार चारसय ७८ भारतीय र २३ हजार पाँचसय ३५ अन्य देशका छन् ।

गत वर्ष मे महिनामा सबैभन्दा धेरै ६ हजार आठसय १६ र जनवरी महिनामा सबैभन्दा थोरै तीनसय ६५ जना पर्यटक मुस्ताङ आएको प्रमुख दाहालले जानकारी दिनुभयो । एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका