Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सुरु भयो चितवन महोत्सव, प्रम दाहालद्धारा उद्घाटन, चितवन एक साताभित्रमा लोडसेडिङमुक्त बन्छः प्रम दाहाल – Gaule Khabar

सुरु भयो चितवन महोत्सव, प्रम दाहालद्धारा उद्घाटन, चितवन एक साताभित्रमा लोडसेडिङमुक्त बन्छः प्रम दाहाल

सुरु भयो चितवन महोत्सव, प्रम दाहालद्धारा उद्घाटन, चितवन एक साताभित्रमा लोडसेडिङमुक्त बन्छः प्रम दाहाल

चितवन, पुस २५–

११ औं चितवन महोत्सव आज (सोमबार)बाट सुरु भएको छ । महोत्सवको आज एक भव्य समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै प्रधामन्त्री दाहालले चितवनको विकासका लागि आफू वृहत प्याकेज ल्याउन लागेको जानकारी दिँदै जिल्लाको विकासका लागि प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले प्याकेजको तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो । प्रधामन्त्री दाहालले चितवनसहित देशलाई नै लोडसेडिङ मुक्त बनाउन उर्जा मन्त्रालयलाई निर्देशन दिईसकेको बताउनुभयो । उहाँले चितवनमा एक साता भित्रमा लोडसेडिङ अन्त्य गर्ने तयारी भईरहेको समेत जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा साँसद कृष्णभक्त पोखरेल, रामकृष्ण घिमिरे, गीता वाग्ले, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा, मुख्य प्रायोजक अर्घाखाँची सिमेन्टका म्यानेजर रमेश थापा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष पदमबहादुर गुरुङ, भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत मशेश बराललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन सत्र आयोजक उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

महोत्सव सुरु हुनुअघि विभिन्न बाजागाजा र झाँकी सहितको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको छ । यही माघ ५ गतेसम्म नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवमा पाँच सयवटा साधारण स्टल, सात विशेष स्टलसहित जनजातिका रहनसहन झल्कने बोटे, कुमाल, चेपाङ र थारू जातिका घर पनि रहेका छन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक राजन गौतमले स्टलमा स्वदेशी र विदेशी उत्पादन बिक्री तथा प्रदर्शनका लागि राखिएको जानकारी दिनुभयो । चितवनको गौरव र गरिमामय प्रस्तुतिका रुपमा लिइएको महोत्सव अवधिमा पाँचवटा विभिन्न विषयको कार्यशाला गोष्ठी आयोजना गरिने छ ।
महोत्सवमा दैनिक राष्ट्रिय र स्थानीय कलाकारले मनोरञ्जन दिनेछन् । विगतको परम्परालाई परिमार्जन गर्दै यस वर्ष बालउद्यान हटाइएको, पास वितराण रोकिएको र पान वा भ्याटमा दर्ता नभएका व्यवसायीलाई स्टल नदिइएको बताइएको छ विगतका वर्षमा ३० हजारभन्दा बढी पास वितरण गरिन्थ्यो ।

महोत्सवका क्रममा यही पुस २८ देखि माघ २ गतेसम्म चार दिन नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिवल हुँदैछ । महोत्सव तीन लाखभन्दा बढीले अवलोकन गर्ने र रु २५ करोड रुपैयाँभन्दा माथिको कारोबार हुने अपेक्षा गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवन आयोजक रहेको महोत्सवमा चितवन जिविस र भरतपुर उपमहानगरपालिका सहआयोजक रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका